सामानसँग शरीर बेच्न बाध्य हैटी र लाइबेरियाका महिला
Advertisement
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा गएका सैनिकहरुले महिलालाई सामान दिएर शारीरिक सम्बन्ध राख्ने गरेको नयाँ तथ्य खुलेको छ।
भोकमरी र गरिबीका कारण हैटी र लाइबेरियाका महिलाहरु सामानसँग शरीर बेच्न बाध्य भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
सन् २००८ देखि २०१३ सम्म ४८० ओटा यौन शोषण भएका मुद्धाहरु परेका थिए। तीमध्ये एक तिहाइ बालिकामाथि शोषण भएका थिए। सन् २०१४ मा शान्ति सैनिकले शारीरिक सम्बन्धपछि सामान वा पैसा नतिरेको भन्दै ५१ ओटा उजुरी परेका थिए।
संयुक्त राष्ट्रसंघले शान्ति स्थापनार्थ संसारका विभिन्न मुलुकमा १ लाख २५ हजार शान्ति सैनिक खटाएको छ। by setopati

Advertisement


