बहस : कसरी बन्ला ८ प्रदेशको नयाँ नेपाल ?चार राजनीतिक दलले ८ वटा संघीय प्रदेशहरु बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेपछि त्यस्ता प्रदेशहरु कसरी बन्लान् भन्ने बहस सुरु भएको छ
Advertisement

६ जेठ, काठमाडौं । चार राजनीतिक दलले ८ वटा संघीय प्रदेशहरु बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेपछि त्यस्ता प्रदेशहरु कसरी बन्लान् भन्ने बहस सुरु भएको छ ।

यसअघि कांग्रेस र एमालेले सात प्रदेश बनाउने भन्दै आएका थिए । एमाले त्यसबाट पनि घटेर पाँच प्रदेशको लविङमा लागेको थियो । तर, एमाओवादी सहितको ३० दलीय मोर्चाले १० प्रदेश भन्दै आएको थियो ।
प्रचण्ड नेतृत्वको मोर्चाभित्र ९ प्रदेशमा आन्तरिक सहमति हुनै लागेका बेला शेर्पा प्रदेश थपेर १० प्रदेशको निर्णय गरिएको थियो ।
सोमबार रातिको सहमतिबाट एमाओवादी र मधेसवादी एवं जनजातिले भनेकै संख्याको नजिकमा प्रदेशको संख्याम तय भएको छ । कांग्रेस र एमाले ६ प्रदेशबाट ८ मा उक्लेका छन् भने एमाओवादी ९ बाट ८ मा मात्रै झरेको छ ।
तर, ८ वटा प्रदेश बनाउने भनिए पनि कुन-कुन भूगोललाई कस्तो प्रदेशमा राख्ने भन्नेबारे सहमति पत्रमा खुलाइएको छैन । यो विवाद अब संघीय आयोगको थाप्लोमा भिराइने भएको छ ।
यद्यपि केही नेताहरुले कांग्रेस र एमालेले राखेको सात प्रदेशको प्रस्तावमा झापा, मोरङ र सुनसरीलाई थपेर ८ प्रदेश हुन सक्ने बताएका छन् भने केही नेताले हिमाल पहाड तराईलाई जोडेर ७ प्रदेश बनाउनुपर्ने तर्क गरेका छन् ।
त्यसो त एमाओवादी अध्यक्ष प्रचण्डले जातीय ‘क्लष्टर’लाई जोड्ने हो भने ६ प्रदेशमा पनि जान सकिने बताएका थिए । तर, अहिले एमाओवादीले भनेजस्तै ६ भन्दा बढी संख्यामा प्रदेशहरु बनाउन कांग्रेस र एमाले तयार भएका छन् ।
स्रोतका अनुसार ८ प्रदेश बनाउँदा फेरि पनि तराईका ५ जिल्लाको विवाद निकै जटिल हुने देखिन्छ ।source;onlinekhabar




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.