कम हुन थाल्यो पराकम्प, तीन दिन पछि अर्को धक्का
Advertisement
काठमाडौं, जेष्ठ २७ । गत बैशाख १२ गतेको भूकम्पबाट त्रसित बनेका नेपालीलाई पछिल्ला दिनमा भने भूकम्पको पराकम्पन कम महशूस हुँदै गएको छ ।
यसअघि आइतबार राति १० बजेर ३५ मिनेटमा दोलखा केन्द्र भएर ४ म्याग्नेच्यूडको पराकम्प गएको थियो । त्यसपछि सोमबार र मंगलबार भूकम्पको पराकम्पन गएको थिएन ।
बैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो भने त्यसपछि हजारौं पराकम्प जाँदा झण्डै नौं हजार मानिसको मृत्यु भएको छ । source:onlinekhabar
Advertisement