प्रेमको चक्करमा परेकी सानी किशोरीको व्यथा
Advertisement
काभ्रे । जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी जन्म दिने आमा र जन्म भूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने सन्देश ठ्याक्कै मिलेको छ शर्मिला चौधरीमा । १४ वर्षकै उमेरमा प्रेम विवाह गरेकी शर्मिला १५ वर्ष लाग्दा गर्भमा सात महिनाको बच्चा छ । १६ वर्ष नपुग्दै आमा बन्ने सपना बुनेकी शर्मिलाको सपनामा विनाशकारी भूकम्पले तगारो हालेको छ । भगवान्प्रति भरोशा राख्नु बाहेकको अर्को विकल्प छैन यतिबेला उनीसँग ।
दाङबाट काठमाडौं घुम्न आएकी शर्मिलाको दर्दनाक पीडा हो यो । १६ वर्षीया श्रीमानको खर्चले नभ्याएपछि केही समय भए पनि काम गरेर सुन्दर भविष्यको कल्पना गरेकी शर्मिला निर्माणधिन नक्सालको घरमा मजदुरी गर्दै थिइन् ।
१२ वैशाखको भूकम्पमा उनी त्यही थिइन् । भूकम्प आउँदा भाग्ने क्रममा उनको घाँटी र खुट्टाको हाड भाँचियो । जसका कारण उनलाई मेरुदण्डको पक्षघात भएको छ । सात महिनाको गर्भ रहेकी युवतीलाई आफ्नोभन्दा पेटभित्रकै बच्चाको चिन्ता छ यतिबेला ।
उनी भन्छिन्, ‘म जे होउ, मेरो बच्चा सुरक्षित होस् र उसलाई सकुशल जन्म दिन चाहन्छु ’ शिक्षण अस्पतालको उपचारपछि काभ्रे जिल्लाको भैँसेपाटीस्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा उपचारार्थ दाङ सदवरिया गाविस–२ बनगुज्रीकी १५ वर्षीया शर्मिलालाई हाल बच्चाको चिन्ताले सताएको छ ।
१६ वर्षिय रविन चौधरीसँग ०७१ साल असोज अन्तिममा विवाह गरेकी शर्मिलालाई अहिले आफ्नोभन्दा बढी गर्भको चिन्ताले सताइरहेको छ । प्रेम विवाह गरेर भागेकी शर्मिला मंसिर महिनामै गर्भवती भइन् ।
दाङबाट केही समय काठमाडौं घुम्न जाने भन्दै चैत १४ गते काठमाडौं छिरेका शर्मिला र रविनको जोडी फुर्सदको समयमा केही काम गर्ने, त्यही पैसाले खर्च पुर्याउने र वैशाखको अन्तिम साता घर फर्कने योजनामा रहेको सुनाउँछन् । तर, विडम्बना भन्नुपर्छ उनीहरूको त्यो सपना पनि अधुरै रह्यो ।
काठमाडौंको नक्सालमा रहेका आफन्तहरूको समूहमा बस्दै आएको यो जोडी वैशाख १२ गते गएको भूकम्पका बेला घर निर्माण गर्ने ठाउँमा मजदुरी गरिरहेका थिए । भूकम्प आउँदा अन्य ९र१० जना साथीहरू भाग्न सफल भए । पेटको बच्चालाई असर पर्ने डरले शर्मिला बिस्तारै एक हातले पेटको बच्चा छाम्दै भाग्दै गरेकी शर्मिला एक्कासी लडिन् । उनको गर्धन र खुट्टा भाँचियो । त्यही कारण मेरुदण्डमा असर पुग्यो ।
शर्मिलालाई शिक्षण अस्पतालमा उपचारपछि जेठको पहिलो साता स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र भैँसेपाटीमा रिफर गरिएको थियो । कलिलै उमेरमा विवाह गरी गर्भवतीसमेत भएकी शर्मिलाको चिन्ता पहिलाकै अवस्थामा फर्कन सक्छु कि सक्दिनँ भन्ने पनि छ । उनलाई त्यसमाथि अर्को चिन्ता थपिएको छ, बच्चालाई सकुशल धर्तीमा पाइला टेकाउन सक्छु कि सक्दिनँ भन्ने ।
श्रीमानलाई पाँच सय र उनलाई तीन सय ५० दैनिक ज्याला दिने सहमतिमा काममा जाने निधो गरेका उनीहरू त्यस दिन पनि ९र१० जनाको समूहमा काम गर्दै थिए । नक्सालमा भएको उक्त घटनापछि उनलाई हेर्न उनकी सासू सीता चौधरी आएकी छिन् ।
उनी भन्छिन्, ‘म जे होउ, मेरो बच्चा सुरक्षित होस् र उसलाई सकुशल जन्म दिन चाहन्छु ’ शिक्षण अस्पतालको उपचारपछि काभ्रे जिल्लाको भैँसेपाटीस्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा उपचारार्थ दाङ सदवरिया गाविस–२ बनगुज्रीकी १५ वर्षीया शर्मिलालाई हाल बच्चाको चिन्ताले सताएको छ ।
कक्षा ६ पढ्दै गर्दा पढ्नै छाडेकी शर्मिला सुत्केरी हुने समय गाउँ नै जाने योजनामा थिइन् । घर र माइती एकै ठाउँमा भएकाले शर्मिला र रविन पारिवारिक सल्लाहमै काठमाडौं घुम्न आएका थिए । उपचारमै रहेकी शर्मिलाले भनिन्, ‘मलाई चाँडो गाउँ जान मन छ ।’
विनाशकारी महाभूकम्पले कतिपयलाई मृत्युको मुखमा पुर्यायो भने कतिलाई अपांग बनाइदिएको छ । अशक्त, अपाङ्ग र शारीरिक रूपमा कमजोर व्यक्तिलाई अझ धेरै अपांग बनाइदिएको छ ।
विशेषगरी गर्भवती महिलाहरूलाई महाभूकम्पले थप सन्त्रास दिएको थियो । केही गर्भवती गम्भीर घाइते भए भने केहीले गर्भ त्याग्नुपर्यो ।
काभ्रेको भैँसेपाटीमा रहेको स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा उपचार गराइरहेकी शर्मिला मेरुदण्डको पक्षघात भएपछि उनलाई अस्पतालले बच्चा जन्माउनका लागि धुलिखेल अस्पताल पठाएको छ ।
सोही पुनस्र्थापना केन्द्रका प्रशासकीय प्रमुख दीपेश प्रधानले भने, ‘केन्द्रमा दुई गर्भवती महिला मेरुदण्डको पक्षघात भएर उपचारमा छन्’ । मेरुदण्डको पक्षघातको उपचार गराइरहँदा बच्चालाई जोगाउन र आमाको ख्याल गर्न कठिन हुने अस्पतालले जानकारी दिएको छ ।
उनी जस्तै सोही अस्पतालमा उपचारार्थ अवस्थामा दर्जनौँ बिरामीे रहेको समाचार सौर्य दैनिकमा काभ्रेबाट शुकदेव थपलियाले लेखेका छन् । source online khabar pati
Advertisement