रत्नपार्क गेटमा झुण्डिएको अवस्थामा शव भेटियो
Advertisement
काठमाडौं । मानिसहरूको बाक्लो चहल पहल हुने रत्नपार्कमा एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
अन्दाजी ३०/३२ वर्षका युवकको सनाखत हुन सकेको छैन । मृत अवस्थामा रहेका उनको घाँटीमा डोरी लागेको छ भने उनको घुँडाले भुइँ छोएको छ ।
शव शिक्षण अस्पताल लगिएको छ । घटनास्थलको ठिक अगाडि महानगरीय प्रहरी आयुक्तको कार्यालय छ । source naulo-khabar
Advertisement