मलेसियामा ६ म्याग्निच्युडको भूकम्प
Advertisement

जेठ २२ , क्वालालम्पुर : मलेसियाको पश्चिम तटीय क्षेत्रलाई केन्द्र बनाउँदै आज बिहान स्थानीय समय अनुसार सवा ७ बजे ६ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्प मलेसियाका विभिन्न सहरहरुमा महसूस गरिएको थियो।
भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको माउन्ट किनाबालुमा धेरै पहिरो गएको स्थानीय मिडियाले जनाएका छन्।
भूकम्प पछि मानिसहरु अग्ला घर र कार्यालयहरुबाट डराउँदै बाहिर निस्किएका थिए। भूकम्पले पुर्‍याएको मानवीय क्षतिबारे विवरण आइसकेको छैन तर स्थानीय सञ्चार माध्यम र सोसल मिडियाले क्षतिका फोटो राखेका छन् ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.