साउदी अरबमा एक पाकिस्तानीको शिर काटेर मृत्युदण्ड
Advertisement

साउदी अरबमा हेरोइनको तस्करीका दोषी एक पाकिस्तानी नागरिकको शिर काटेर मृत्युदण्ड दिइएको छ । साउदी अरबको आधिकारिक संवाद समितिको अनुसार देशका गृहमन्त्रीले बताए, अहमद सुल्तान अहमद नाम गरेका पाकिस्तानी नागरिकको मादक पदार्थको तस्करीमा दोषी भेटिएकोले उनलाई अदालतले सजाय सुनाएको थियो । बुधबार नाजिरको शिर काटेर मृत्युदण्ड दिइएको हो ।


साउदी अरबमा इस्लामिक कानून अनुसार ड्रग तस्कारी, बलात्कार, हत्या, सशस्त्र डकैती र स्वधर्म त्याग जस्ता मामलामा शिर काटेर मृत्युदण्ड दिने गरिन्छ ।

२०१४ मा साउदीमा ८७ जनाको शिर काटेर मृत्युदण्ड दिइएको थियो र अहिले सम्म ९८ जनालाई सजाय सुनाइसकेको छ । source nepaliheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.