भारतसँग भिड्न पाकिस्तानले रक्षा बजेट बढायो
Advertisement

पाकिस्तानले नयाँ आर्थिक वर्षका लागि आफ्नो रक्षा बजेटमा भारी वृद्धि गरेको छ।  उसले रक्षा बजेट गत वर्षको भन्दा ११.६ प्रतिशत वृद्धि गरेको हो ।


वित्तमन्त्री इस्क डारले शुक्रबार पाकिस्तानको नेशनल एसेम्बलीमा बजेट पेश गर्दै वर्ष २०१५/१६ का लागि रक्षा बजेट ७ सय अर्ब रुपैयाँबाट बढाएर ७८० अर्ब पुर्याएका हुन् ।

वित्तमन्त्रीले बजेट भाषणका क्रममा देशको सुरक्षाको अवस्थालार्इ ध्यान दिँदै रक्षा बजेटमा वृद्धि गरिएको जनाएका हुन् । रक्षा बजेटमा बढोत्तरी भएकै कारण पाकिस्तानले चालु वर्षको कुल बजेट भन्दा ४.८ प्रतिशतले अघिल्लो वर्षको बजेटमा वृद्धि गरेको हो ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतसँग बढ्दो तनावलार्इ ध्यान दिँदै रक्षा बजेटमा वृद्धि गरिएको हो । भारतको रक्षा बजे‍ट करिब २७ सय अर्ब रुपैयाँ रहेको छ ।

पाकिस्तानले भारतको बढ्दो रक्षाशक्ति र देशभित्रै बढ्दो आतंकवादी गतिविधलार्इ ठेगान लगाउन रक्षा बजेट बढाएको हो ।

हालै अमेरिकासँग भएको 'सेक्युरिटी, स्ट्राटेजिक एबिलिटी एन्ड नन प्रोलिफिरेशन वर्किङ्ग ग्रुप' को बैठकमा पाकिस्तानले भारतको तर्फबाट हुने आणविक हमलाको सामना गर्न न्यूक्लियर प्रोग्राम सञ्चालन गर्ने उद्धेश्य रहेको जनाएको थियो ।

बैठकमा पाकिस्तानले अमेरिकालार्इसमेत भारतले गर्ने आणविक हमलाको सामना गर्न आफ्नो न्युक्लियर प्रोग्राम पुन: सुचारु गर्न पाउनुपर्ने माग गरेको थियो । source a2z khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.