पानी ल्याउनकै लागि तीनवटी श्रीमती
Advertisement
भारतमा बहुविवाहलाई कानुनी बन्देज लगाइएको छ। तर महाराष्ट राज्यको देंगानमाल गाउँमा प्रायः पुरुषले भने दुई तीन जना महिलासँग विवाह गरेका हुन्छन्।
६६ वर्षका सखाराम भगतकी तीन वटा श्रीमती छन्। तीमध्ये दुईवटालाई उनले घरमा पानीको जोहो गर्नकै लागि विवाह गरेका हुन्। ‘जेठी श्रीमतीलाई खाना पकाउन र घरायसी कामले नै फुर्सद हुँदैन, अर्की बिरामी भएकी छन्, घरमा पानीको जोहो गर्न अर्को विवाह गर्न बाहेक मसँग कुनै विकल्प थिएन‘, भगतले भने।
देंगानमाल गाउँमा खानेपानीको धारा छैन। सय घरधुरी रहेको सो गाउँका महिलाहरु पानीको लागि दुई वटा इनारमा जम्मा हुन्छन्। लाइनमा बसेर पालो कुर्नु पर्नेभएकाले एक खेप पानी ल्याउनपनि घण्टौं समय लाग्छ। महाराष्ट्र राज्यमा मात्र करिब १९ हजार गाउँमा खानेपानीको समस्या रहेको त्यहाँको सरकारले जनाएको छ। source:setopati

Advertisement