.मलेसियामा शक्तिशाली भूकम्प अहिले सम्म ५ जनाको मृत्यु : थप विवरण आउन बाकी ..
Advertisement

२०७२ जेठ २२ गते
क्वालालम्पुर, २२ जेठ । मलेसियाको बोर्नेओ राज्यमा शुक्रबार ६ रिक्टर स्केलको भूकम्प गएको समाचार छ ।
बोर्नेओ राज्यको किनाबले पहाडी इलाकामा गएको सो भूकम्पबाट सडक र भवनहरुमा शक्तिशाली कम्पनको महसूस गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।


बिहान गएको शक्तिशाली भूकम्पबाट मलेसियाको माउन किनाबालु पहाडमा ५ जनाको ज्यान गएको छ ।

४ हजार ९५ मिटर अग्लो यो पहाड चढ्न गएका आरोहीमध्ये ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सो भूकम्पबाट पहाडी इलाकामा कम्तीमा पनि चारजना घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् । यो प्रारम्भिक समाचार भएको भन्दै तर भूकम्पको सम्पूर्ण विवरण भने बाँकी नै रहेको बताइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार स्थानीय समयाअनुसार शुक्रबार विहान सबेरै ७ः१५ बजे आएको सो भूकम्पको केन्द्रविन्दु सबाहको राजधानी कोटा किनाबुलुदेखि ५४ किलोमिटर पूर्वमा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ source taja khabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.