सिरियाको राजधानीमा ग्यास पठाउने पाइपलाइनमा विस्फोट
Advertisement

इस्लामिक स्टेटका जिहादीहरूले सिरियाको पूर्वी भागबाट राजधानी दमासकसको बाहरी भागमा प्राकृतिक ग्यास पठाउने पाइपलाइन बुधबार बिहान विस्फोट गराइदिएको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको छ ।


अब्जरभेटरीले हमास प्रान्तको पूर्वमा रहेको टी–४ विमानस्थलनजिकै मध्यरातपछि उक्त पाइपलाइन आईएसले विस्फोट गराइदिएको उल्लेख गरेको छ ।

अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले उक्त पाइपलाइनबाट जाने ग्यास दमासकसको बाहिरी भाग तथा होम्समा विद्युत उत्पादन गर्न तथा व्यक्तिगत घर तताउन उपयोग हुने गरेको जानकारी दिनुभयो ।

आईएसले होम्स प्रान्तका अनेकौँ ग्यास क्षेत्र आफ्नो नियनत्रणमा लिएको छ । यस समूहले हालै प्राचीन नगर पालमिरालाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

gas pipeline blast syira

यी क्षेत्र सिरियाको सङ्घर्षरत सरकारका लागि महत्वपूर्ण रहेका छन् । सरकारले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा ऊर्जा उत्पादन गर्न यसै क्षेत्रमा भर पर्ने गरेको छ ।

अब्देल रहमानले सरकारको ग्यास आपूर्तिमाथि कुनै पनि आक्रमण महत्वपूण भएको र सरकारसँग स्रोत निकै कम भएको बताउनुभयो ।

आईएसले आफ्नो नियन्त्रणमा लिएको तेल क्षेत्रलाई आय आर्जन गर्न उपयोग गरिरहेको छ । यहाँ प्राकृतिक ग्यास प्रशोधन गर्ने काम निकै जटिल भएको बेरुतमा कारनेगी मिडिल इस्ट सेन्टरका विश्लेषक यजिद सायीघले बताए ।

उनले ग्यास पाइपलाइनको विस्फोट हुनु सरकारलाई उपलब्ध प्रमुख स्रोतबाट वञ्चित गर्नु रहेको आफ्नो लेखमा बताएका छन् ।

सरकारी सेनाले मे २१ मा पालमिरा आफ्नो नियन्त्रणबाट गुमाएको थियो । यसको केही दिनपछि नगरको दक्षिणपश्चिमी थप क्षेत्र पनि सरकारले गुमाएको थियो ।

सरकार सिरियाको उत्तरपश्चिमी इडलिब प्रान्तबाट पनि र्फिता भएको छ । यहाँ अल–नुस्र फ्रन्टले आफ्नो अवस्था बलियो बनाएको छ ।

सरकारी विमानहरूले बुधबार विद्रोहीले नियन्त्रणमा लिएको साराकेब क्षेत्रमा नियमित रूपमा हवाई आक्रमण गरिरहेको र त्यसबाट तीन बालबालिकाका साथमा १० व्यक्तिको मृत्यु भएको अब्जरभेटरीले जानकारी दिएको छ ।

सन् २०११ को मार्चमा सिरियामा सरकारविरोधी प्रदर्शन आरम्भ भएपछि यस द्वन्द्वका कारण यस मुलुकका दुई लाख ३० हजार जनताको मृत्यु भइसकेको छ र भने यसका कारण दशौँ लाख जनता विस्थापित भएका छन् । source nepaliheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.