.अमेरिकामा नेपाली युवतीको गोली हानी हत्या
Advertisement

फोनिज कोरिया संवाददाता
काठमाडौँ : अमेरिकाको टेक्ससस्थित द कोलोनीमा रहेको एउटा पसलमा एक नेपाली मूलकी युवतीको गोली हानी हत्या गरिएको छ। ३१ वर्षीया समिरा शिवाकोटीको हत्या गर्नेबारे जानकारी दिनेलाई स्थानीय प्रहरीले १० हजार डलर पुरस्कारको घोषणा गरेको छ।

फक्सन्युजका अनुसार अमेरिकी समय अनुसार बुधबार बिहान ११ बजे र्‍यापिडो कन्भेनियन्स स्टोरमा पसेको व्यक्तिले ९० सेकेन्डभित्रै त्यहाँको रकम लुटी समिरालाई निर्ममतापूर्वक गोली हानेका थिए। समिराले लुटेराको कुनै प्रतिकार नगरेको भए पनि लुटेराले गोली हानेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।
समिरा छ महिना र दुई वर्षका दुई सन्तानकी आमा  र सोही पसलका मालिककी पत्नी रहेको समाचारमा जनाइएको छ। नेपालमा उनीहरुको घर कहाँ हो भन्ने बारे थाहा हुन सकेको छैन।
घटना भएको पसल नजिकैको एउटा अर्को टायर पसलको सर्भिलियन्स क्यामेरामा शंकास्पद लुटेराको भिडियो कैद भएको छ। त्यसमा टाउकोमा रुमाल बाँधेको एउटा केटा शान्त रुपमा बाहिर निस्कँदै गरेको देखिन्छन्। उसले केही सय डलर पसलबाट लुटेको हुनसक्ने शंका गरिएको छ।




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.