बिबाहित भएको थाहा पाउँदा पनि प्रस्ताव राख्छन्’
Advertisement

मानिसमा प्रतिभा भएर मात्र हुँदैन, त्यसलाई पुरा गर्ने इच्छा र सामाथ्र्य पनि राख्नुपर्छ । अर्कोतिर, अहिलेको जमानामा अर्थ पनि ठूलो कुरा भएर आउँछ । सानैबाट गीत गाउने इच्छा भएकी नम्रता काफ्लेलाई लाग्छ, उनको पछाडि यी तिनै कुरा थिए, जसका कारण आज उनी गायिकाको परिचय बनाउँदैछिन् ।

पहिलो एल्बम ‘नम्रता’ सार्वजनिक गरेपछि उनले आफ्नो गायिका बन्ने इच्छा त पुरा गरेकी छिन्  तर सपना अझै बाँकी नै छ । यो एल्बमबाट देश-विदेशमा बस्ने नेपालीले उनलाई साथ दर्शाएका छन्, माया दिएका छन् । उनलाई लाग्छ, अझै पनि तयारी गर्न धेरै बाँकी छ ।
अनलाइनखबरसँगको भेटमा आफ्नो मनको पोको फुकाउँदै नम्रताले भनिन्-‘मेरो गीत गाउने इच्छा मात्र भएर पनि हुँदैनथ्यो । मेरो श्रीमान् सहयोगी हुनुहुन्थ्यो र म सफल भएकी छु ।’ म्यूजिक एल्बम निकाल्नुअघि गुरुदेव कामदबाट उनले ४ महिना संगीतको तालिम लिइन् ।
उनीसँग अझै राम्रो गर्छु भन्ने सोच छ । सोच यतीमा मात्र सिमित छैन उनको । चर्चित गायक उदितनारायण झासँग गीत गाउने र बलिउड चलचित्रमा पनि आवाज दिने उनको सपना छ । यो सपना कसरी पुरा हुन्छ त, उनले भनिन्-‘मनमा दृढ संकल्प र परिवारको साथ भएको खण्डमा सफल भइन्छ, यसैले म ढुक्क छु ।’
‘नम्रता’ एल्बमका ५ गीतमध्ये २ वटा गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । ‘तिमी छौ र जिवन’ बोलको गीतले पाएको चर्चाले आफू उत्साहित भएको नम्रताले बताइन् । २१ बर्षको उमेरमा बिहे गरेपछि उनी नम्रता काफ्ले खरेल भइन् source naulo-khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.