ऋतु महासेठको हत्यामा संलग्न विमलेशलाई सर्वस्वसहित जन्मकैद
Advertisement
३१ जेठ, काठमाडौं । ऋतु महासेठको हत्यामा संलग्न विमलेशप्रसाद यादवलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
जनकपुरस्थित ऋतुकै घरमा ट्याक्टर ड्राइभरका रुपमा काम गर्ने यादवले गत मंसिरमा काठमाडौंको मैतिदेवीमा छुरा प्रहार गरी ऋतुको हत्या गरेका थिए ।
उनले ऋतुले आफूहरुबीचको प्रेम सम्बन्ध एकतर्फीरुपमा तोडेकाले हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । source onlinekhabar
Advertisement