पाइलट सहित डोर्नियर जहाज बेपत्ता
Advertisement

 तीन जना सवार रहेको भारतीय तटरक्षक एउटा जहाज सोमबार रातिदेखि हराएको छ। डोर्नियर एयरक्राफ्ट सोमबार राति १० बजेदेखि सम्पर्कबिहीन भएको हो।




हराएको जहाज सोमबार साँझ ५:३० बजे उडेको थियो। नागरिक उड्डयन अधिकारीहरुका अनुसार सो जहाजसँग अन्तिम पटक राति १० बजे तिरुचिरापल्ली क्षेत्र नजिकै सम्पर्क भएको थियो।

हराइरहेको जहाज भारतीय तट रक्षक तथा नौसेनाको टोलीले खोजी गरिरहेको छ।

जहाजमा रहेका दुई चालक उच्च अनुभवी रहेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ। तमिलनाडु कोस्ट गार्ड सेक्युरेटी ग्रुपले व्यापक खोजी अभियान सञ्चालन गरिरहेको छ। source a2z khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.