अब आँखाको डाक्टर आफ्नै स्मार्टफोनमा
Advertisement

“तपाईँको फोनले पनि आँखाको जाँच गर्न सक्नेछ।”

सहरी क्षेत्रमा हुनेहरूलाई त आँखा जाँचको लागि धेरै टाढा जानुपर्दैन तर अलि दुर्गम क्षेत्र जहाँ प्रविधि पुगेपनि राम्रो स्वास्थ्य चौकी हुँदैन त्यहाँको मानिसहरूलाई आँखा जाँच्नको लागि अस्पताल जानको लागि धेरै नै समस्या हुने गर्दछ। यस्तै समस्यालाई मध्यनजर राख्दै एउटा यस्तो प्राविधिक यन्त्र बनेको छ जस्ले हजारौँ मानिसको ज्यान बचाउँन सक्नेछ। उक्त यन्त्रलाई ‘डि-आई’ (D-EYE) भनिन्छ। यदि सहि तरिकाले जाँच र हेरविचार गरियो भने विश्वभरकै करिब ८० प्रतिशत भन्दा बढी मानिसहरूको आँखा रोगलाई निर्मुल पार्न सकिने ‘विश्व स्वास्थ्य संगठन’ (WHO)को दाबी रहेको छ।


डि-आई यस्तो लेन्स हो जुन तपाईँ-हामीले नै चलाउने स्मार्टफोनको पछाडि पट्टि राखिन्छ, अहिले सम्म आईफोन ५, ५ एस् र ६, अनि स्यामसुङ्ग एस् ४ र एस् ५ मा मात्रै डि-आईले सपोर्ट गर्दछ। यो यन्त्र राख्नको लागि एकदमै सजिलो, यो चलाउन कुनै उर्जा नचाहिने र जुनसुकै ठाउँमा पनि यसलाई चलाउन सकिन्छ। तर यो चल्नको लागि स्मार्टफोनमा एउटा एप (app) भने पक्कै नै चाहिन्छ र यो एपको मद्दतले घरमै बसेर आँखाको भिडियो लिन सकिन्छ र इन्टरनेटको मार्फत सम्बन्धित चिकित्सकलाई उक्त भिडियो पठाउन सकिन्छ।


यसमा आँखा जाँच्ने लेन्स र रेटिनल इमेजिङ्ग सिस्टम (Retinal Imaging System) जडान गरिएको छ र मोबाइलमा अड्काउनको लागि एउटा क्लिप राखिएको छ जसले गर्दा हामीले यसलाई सजिलै सँग आफ्नै पकेटमा राखेर हिँड्न पनि सकिन्छ। यसले हाम्रो आँखाको हरेक किसिमका खराबीहरूका साथै अन्धोपनाको खतरा समेत पत्ता लगाउन सक्दछ भन्ने डि-आईका आविष्कारकहरूको दाबी रहेको छ। source nepaliheadlines.

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.