मोडल किम कार्दशियनको शरीरमा आगो लागेपछि…
Advertisement

काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिकाले आयोजना गरेको पुरस्कार समारोहमा सहभागि हुन पुगेकी चर्चित मोडल एवं टेलिभिजन प्रस्तोता किम कार्दशियनको कपडामा आगलागी भएको छ ।

उनले सामाजिक सञ्जाल इन्टग्राम मार्फत आफ्नो कपडामा आगलागी भएको र साथीहरुको सहयोगमा निभाउन सफल भएको उल्लेख गरेकी छिन् ।
आफुले कालो रङको पारदर्शी कपडा लगाएको उनले उल्लेख गरेकी छिन् । प्राय कार्यक्रमहरुमा जाँदा निकै उत्तेजक पहिरनमा जाने किमको लगाइमा धेरैको आँखा जाने गरेको छ ।
उनको कपडामा लागेको आगो गायक फेरेल विलियम्स र उनकी पत्नी हेलेनले निभाएका थिए ।
किमको पारदर्शी कपडामा आगो लाग्नुको कारण पत्ता नलागे पनि उनले पार्टीमा मदीरा सेवन गरेर चुरोट सल्काउँदा आगलागी भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.