Breaking news, काठमाडौंमा अज्ञात रोगका बिरामी देखिएकाछन
Advertisement

काठमाडौं, जेठ २८ – काठमाडौंमा अज्ञात रोगका विरामी देखिएका छन् । विरामीमा रक्तस्राव, ज्वरो आउने, आँखा दुख्ने, जोर्नी दुख्ने, वाकवाक लाग्ने जस्ता लक्षण देखिएको छ । तर परीक्षणका क्रममा रोग पत्ता नलागेको टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।

विरामीलाई एन्टिबायोटिक औषधी दिने गरे पनि रोग पत्ता नलाग्दा उपचारमा समस्या भएको उहाँले बताउनुभयो । विरामीमा देखिने लक्षण डेंगुको जस्तो भए पनि परीक्षणका क्रममा डेंगु नपाइएको डाक्टर पुनले बताउनुभयो ।
उहाँका अनुसार अध्ययनका क्रममा बाहिरी देशहरुमा जनावरबाट मानिसमा सर्ने रोगका लक्षण पनि यस्तै देखिएका छन् । नेपालमा पनि अहिले देखिएको रोग जनावरबाट मानिसमा सर्ने भाइरसको संक्रमण हुन सक्ने आशंका गरिएपनि परीक्षण गर्ने उपकरण नहुँदा पुष्टि गर्न सकिएको छैन । source onlne khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.