जिउ नै सिरिङ्ग हुने अपहरण कथा !!! अपहरणकारीले कुट्नु सम्म कुटे रगताम्मे पारेर खाल्डोमा पुरे अनि स्याउलाले छोपे अचम्म नै मान्नुजिउ नै सिरिङ्ग हुने अपहरण कथा !!! अपहरणकारीले कुट्नु सम्म कुटे रगताम्मे पारेर खाल्डोमा पुरे अनि स्याउलाले छोपे अचम्म नै मान्नु पर्छ अपहरणकारीले मारेर फालेका उनी बाँचे........ पर्छ अपहरणकारीले मारेर फालेका उनी बाँचे........
Advertisement

प्रयास पराजुली । २५ जेठ, काठमाडौं ।
पैसा कमाउनको लागि मानिसहरुले जस्तोसुकै हर्कत गर्ने गरेका धेरै उदाहरण छन् । बिहान बेलुका ज्याला मजदुरी गरेर खाने गरेका बन्जारा परिवारले कहिल्यै सोचेका थिएन परिवारमा ठूलो बज्रपात आउला।

भूकम्प त्रास छदैछ, त्यही माथि आफ्नो १० बर्षको छोरा अपहरण परेको खबर कुन बाबु आमाको लागि प्रिय लाग्थ्यो र ? ‘तेरो छोरा चाहिने भए पचास लाख रुपैयाँ लिएर सिन्धुपाल्चोक आउनु’ भन्ने खबर टेलिफनबाट आयो के गर्ने के नगर्ने ठूलो पीडामा बन्जारा परिवार परे। खबर थाहा पाएपछि सिन्धुपाल्चोक धुबाचौर–१ घर भई हाल गोकर्णेश्वर नगरपालिका–१४ दक्षिण ढोका अर्याल गाउँमा डेरा लिएर बस्ने भिमसेन बन्जारको होस हवास नै उड्यो ।
पैसा कमाउन बालकको अपहरण
घरमा पेन्टिङको काम गरेर जीवन गुजारा गर्दै आएका दोलखा जिल्ला मार्बु–९ का २३ बर्षिय भिम बहादुर मगर र सोही गाविस बस्ने २६ बर्षिय रुद्र खत्री (अभिषेक)ले छिटै धनी बन्न सपना देखेर अपहरणको योजना बनाए । प्रहरीका अनुसार उनीहरुले अपहरण गर्नको लागि बालबालिकाहरुलाई चकलेट किनिदिने, फकाउने लगायका काम गरेका थिए । तर सधै ललाई फकाई गर्नु भन्दा अपहरण गरेर छिट्टै पैसा कमाउने योजना अनुसार मगर र खत्रीले जेठ २३ गते भीमसेन बन्जाराको १० बर्षिय छोरालाई खेलीरहेको घर नजिकैको चौरबाट अपहरण गरे ।
बालकलाई गाडेर पैसा दिन धम्की
प्रहरीका अनुसार अपहरणकारीले बालकको मृत्यु भएको ठहर सहित गाडेर हिडेका थिए। तर अच्चम बालक बाच्न सफल भए। अपहरणकारीहरुले बालकको दिदी भवानी बन्जाराको नम्बरमा फोन गरेर पचास लाख लिएर आउन धम्की दिएका थिए। बालकको परिवारलाई फोन र म्यासेज गरेको जेठ २५ गते १० बजे सिन्धुपाल्चोकको एक्काइस किलोको काला पत्थरमा आउने भनि फिरौती रकम मागेका थिए ।
प्रहरीले चार घण्टामै समात्यो अपहरणकारी
छोरालाई अपहरण गरेको भनेर फिरौती मागेपनि छोरा गाडेको ठाउँबाट बाँचेको कुरा अपहरणकारीलाई पत्तो नै भएन । उनीहरुले निरन्तर रुपमा घरमा धम्की दिन छोडेनन् । यता घरपरिवारले छोरालाई अस्पतालमा भर्ना गरेर उपचार गराई रहेका थिए । पैसा लिएर आउछु भनेपछि अपहरणकारीहरुले मोबालाई स्वीचअफ गरे लगत्तै बन्जारा परिवारले छोरालाई मारेर फ्याकेको उजुरी महानगरीय प्रहरी वृत्तमा दिएपछि महानगरीय प्रहरी परिसर महाशाखाबाट खटिएको प्रहरी नायव उपरीक्षक रमेश थापाको नेतृत्वको अनुसन्धान टोलीले चार घण्टामै अपहरणकारीलाई पक्राउ गरेको थियो । घरमा पेन्टिङ गरिरहेको अवस्थामै भक्तपुरको बालकोट र कौशलटारबाट उनीहरुलाई पक्राउ गरेको हो ।
यसरी भयो अपहरण
जेठ २३ गते भिम बहादुर मगरले फुटबल खेल्न जाउ भनि फकाए । थापाले विगतमा सोही घर नजिकै डेरा गरी बस्ने थापाले बेलाबेलामा आउने जाने गर्थे । डेरा नजिकैको चौरबाट बालकलाई फकाएर अपहरण गरी अर्याल गाउँ नजिक रहेको पसलबाट दुई वटा चाउचाउ रुद्र खत्रीले किन बचलाई दिएका थिए । त्यसपछि उनीहरुले बालकलाई कृष्ण मन्दिर नजिकै जंगलमको डाँडामा लगेर चाउचाउ खुवाएका थिए ।
उनीहरुले बालकको दिदीको नम्बर लिएका थिए । अपहरण त गरियो कहाँ राख्ने भन्ने चिन्ताले गर्दा अपहरणकारी द्धयले मार्दा नै राम्रो हुने निष्कर्षमा पुगे । बालकलाई धारिलो हतियार दुरी देखाई कराएमा मारिदिन्छौ भनि सुरुमा दवैले निर्घात रुपमा कुटपिट गरेका थिए । कुटपिटपछि मर्‍यो भनेर खोल्डोमा हाली बालुवा तथा माटोले घाटीसम्म पुरी पत्कर तथा स्याउलाले छापी अपहरणकारीहरु भागेको प्रहरीले बताएको छ ।
होसमा आएपछि घिस्रदै स्कूलसम्म
कुटपिट गरेर मर्‍यो भनेर फ्याकेको दुई घण्टापछि बालको होस आयो । घाँटीमा चोट कतैकेही देखेनन । बोल्न सक्ने अवस्थामा पनि थिएनन् । त्यहाँबाट घिस्रदैघिस्रदै अलमाइटी मोडर्न स्कुल नजि रुदै पुगेको अवस्थामा विद्यालयको शिक्षकले देखेर उद्दार गरेर मेडिकल कजेल अत्तरखेलमामा उपचारलाई लागि पठाएपछि मात्र परिवारले थाहा पाएको थिए ।
बालकको अवस्थामा सामान्य
गाडेको अवस्थामाबाट होसमा आएका बाललाई अहिले मेडिकल कलेजमा उपचार भइरहेको छ। बालको घाँटी, आँखा तथा छातीमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ।
अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दा
प्रहरीले अपहरणकारी मगर र खत्रीलाई अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दामा कारवाहीको लागि महानागरीय प्रहरी वृक्त बौद्धमा पठाएको छ।source:onlinkhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.