.सेल्फी लिन खोज्दा अस्पतालको बास
Advertisement

सेल्फी क्रेज अहिले विश्वभर फैलिरहेको छ । सुविधायुक्त र राम्रो क्यामेरा भएका मोबाइल फोनबाट सेल्फी लिन अहिले युवायुवती मरिहत्ते गर्छन् ।


सेल्फी लिनका लागि हत्ते गर्दा रुसमा दुर्इ युवतीले भने जीवन मरणको दोसाँधमा अस्पताल पुग्नुपरेको छ ।

रूसको दक्षिणी शहर ट्यागनरोगमा एक १५ वर्षीया दुर्इ युवतीले सेल्फी लिन खोज्दा अस्पताल पुग्नु परेको हो ।

ती युवतीहरुले मालगाडीको छतमा चढेर सेल्फी लिन खोज्दा कालको मुखमै पुग्नुपर्यो । गाडीको छतमाथि चढेर दायाँ बायाँ बिचारै नगरी उनीहरु सेल्फी लिनमै उनी मग्न भए ।

गुडिरहेको गाडीमाथि सेल्फी लिन मग्न भइरहेका बेला उनीहरुले विजुलीको नाङ्गो तारमा छुन पुगेपछि करेन्ट लाग्दा उनको अवस्था चिन्ताजनक भएको हो ।

घटनापछि अनुसन्धानका लागि घटनास्थलमा पुगेको प्रहरीले युवतीको लापरबाहीले उनलार्इ करेन्ट लागेको जानकारी दिएका छन् ।

तास समाचार एजेन्सीका अनुसार सेल्फीमा मग्न दुबै युवतीलार्इ करेन्ट लागेको छ । उच्च भोल्टेजको तारबाट करेन्ट लाग्द दबैजनाको अवस्था चिन्ताजनक छ ।

बेलायतको पत्रिका डेली मिररका अनुसार गत मेमा पनि सेल्फी लिने क्रममै १८ वर्षीया एक युवतीको ज्यान गएको थियो ।

उनी पनि रेलमा चढेर सेल्फी लिइरहेकी थिइन् । त्यो बेला उनलार्इ 27 हजार भोल्टको तारबाट करेन्ट लागेपछि ज्यान गएको थियो ।
source annapurnapost.

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.