.सिन्धुपाल्चोकमा आगो बल्दै हेलिकोप्टर खस्यो
Advertisement
१९ जेठ, काठमाडौं ।
सिन्धुपाल्चोकमा एक हेलिकप्टर दुर्घटना भएको छ । स्थानीयबासीले आगो बल्दै हेलिकोप्टर झरेको देखेको बताएका छन् ।
यमुनाडाँडा भनिने ठाउँमा भीरमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको हो । त्यहाँको विस्तृत विवरण आउन बाँकी छ ।
माउन्टेन एयरको उक्त हेलिकोप्टर भूकम्प पीडितको राहतका लागि गएको समयमा दुर्घटनामा परेको नेपाल प्रहरी र नेपाली सेनाले पुष्टी गरेका छन् ।
दुर्घटनास्थलमा ४ वटा शव देखिएको समाचारमा जनाइएको छ ।
source nepali headline

Advertisement

