‘.काकासँग प्रेम भएपछि केके भयो केके ?’
Advertisement

एँ । यो कुरा ०५५ तिरको हो, जब स्वनामसँग भेट भएको थियो । त्यतिबेला भर्खर इमेल, इन्टरनेट सुरु भएको थियो । स्वनाम पनि विज्ञान र प्रविधिमा अलि चाँसो राख्नुहुन्थ्यो । यो कुरा सबैले जान्नुपर्छ र सिक्नुपर्छ भन्ने स्वनामको मान्यता थियो । त्यहीअनुरूप उहाँले टेकु आफ्नो साथीको कोठामा दुई–तीनवटा कम्प्युटर राखिदिनुभयो । त्यहाँ सबै कम्प्युटर सिक्न जान थाले । बुवाले पनि तिमी पनि जाऊ, म स्वनामलाई भनिदिन्छु भन्नुभयो । मैले पनि हुन्छ भनिदिएँ । गर्मी बिदा थियो, त्यतिबेला । स्वनामसँग मेरो पहिलो भेट त्यहीं भएको हो । गर्मी महिना थियो । सायद चैत वा वैशाख हुनुपर्छ । म दाजुसँग डेरामा बस्थेँ । कलेजमा पनि कम्प्युटर थियो । दुवै ठाउँमा कम्प्युटर चलाउँदा मैले चाँडै सिकिहालेँ ।


दिनको एक घन्टा कम्प्युटर सिक्न पाइन्थ्यो । स्वनाम पनि सधैँ क्लासमा आउनुहुन्थ्यो । हामीलाई कम्प्युटर यसरी चलाउँछन् र यो भागलाई यो भन्छन् भनेर सिकाइदिनुहुन्थ्यो । अरू सबै आफैले गर्नुपर्थ्यो । नेपाली टाइप सिक्ने बेला अरू केही नगर नेपाली अक्षरमात्र ध्यान देऊ भन्नुहुन्थ्यो । इमेल गर्न पनि सिकियो । पहिलो मेल मैले उहाँलाई नै पठाएँ । के छ, कस्तो छ भनेरमात्र लेखेँ । त्यतिन्जेलसम्म मैले उहाँलाई काका नै भन्थेँ । उहाँ सबैसँग एकनासको व्यवहार गर्ने मान्छे । मेरो नाम स्वनाम साथी हो । तपाई पनि मलाई स्वनाम साथी भन्नुहोस् भनेर भन्नुहुन्थ्यो । एकदमै सरल स्वभावको हुनुहुन्थ्यो । उहाँले त्यति भनेपछि पनि मैले काका नै भनेँ । उहाँलाई एकदमै मान्थेँ । आदर गर्थें । त्यति बोल्दिनथेँ । डर लाग्थ्यो । आफूभन्दा सिनियर, त्यसमाथि बुवा अनि दाइको साथी कसरी स्वनाम भन्नुजस्तो लाग्थ्यो । नाम लिएर बोलाउन एकदमै अप्ठ्यारो लाग्थ्यो ।

१५ दिनको अवधिमा उहाँसँग दैनिकजसो एक घन्टा भेट हुन थाल्यो । दैनिकको भेटघाटले मैले उहाँलाई स्वनाम भनेर बोलाउन थालेँ । कम्प्युटर क्लास सकियो । त्यसपछि हाम्रो भेट भएन । ०५६ देखि म होस्टेल बस्न थालेँ । त्यहीक्रममा मेरो खुट्टाको नङमा केही समस्या देखियो । सान्दाइलाई फोन गरेर स्वनामलाई यसको औषधिबारे सोध्न लगाएँ । किनकि उहाँलाई औषधिबारे केही ज्ञान थियो । तर, पछि म्यामले हस्पिटल पुर्‍याउनुभयो, सन्चो भइहाल्यो । मेरो पहिलो प्राथमिकता पढाइ नै थियो । त्यसैले म पढाइमै व्यस्त भएँ । ०६९ मा मेरो पढाइ सकियो । पढाइ सकिएपछि काम चाहियो ।

त्यतिबेला पहिलोपटक मैले स्वनामलाई नै सम्झिएँ । अनि फोन गरेर भने मलाई जागिर चाहियो । उहाँले कृष्णकुमार मेरो साथी हो, उसले तिमीलाई सहयोग गर्छ गएर भेट भन्नुभयो । पछि पत्रिकामा हिमाल एयर कन्डिसन एन्ड रिफ्रिजेन्स प्रालिमा भ्याकेन्सी देखेँ र अप्लाई गरिहालेँ । त्यतिबेला डा। रवीन्द्र भट्टराईले सहयोग गर्नुभयो । मैले उहाँलाई चिनेको थिएँ । अनि भनिदिनुपर्‍यो सर भनेपछि उहाँले भनिदिनुभयो । मेरो पढाइसँगै सम्बन्धित थियो । त्यसपछि घर, कार्यालय गर्दै दिनहरू बित्न थाल्यो । यो देखेर मलाई वाक्क लाग्थ्यो । अनि एक्लै सोच्थेँ, के यही हो त जीवन ? केही नयाँ काम गर्न मन लाग्थ्यो । तर, के गर्ने रु भन्दै फेरि वास्तविकतामा फर्कन्थेँ । अनि जागिरे जीवन सुरु गर्थें । ती अवधिमा पनि कहिलेकाहीँ स्वनामको याद आउँथ्यो । सायद अब भेट हुन्छ जस्तो लाग्दैनथ्यो । म उहाँलाई आदरणीय व्यक्तित्वका रूपमा मान्थेँ । त्यसैले पनि होला, कहिले त्यस्तो सोचाइ आएन । तर, भाग्यमै एक हुन लेखेको रै’छ । भेट भइहाल्यो । विश्वभक्त दुलाल आहुति र बुद्धलक्ष्मी श्रेष्ठको घरमा पार्टी थियो । त्यहीँ हाम्रो भेट भयो । म पनि त्यहीँ गएकी थिएँ । सान्दाइको साथी हुनुहुन्थ्यो उहाँहरू । त्यसैले गएकी थिएँ । उहाँ पनि त्यहाँ आउनुभएको रहेछ । दाइले पनि स्वनाम आउनुभएको छ गएर भेट भन्नुभएको थियो । मैले पनि हुन्छ भनेँ । उहाँलाई भेट्न जाँदै थिएँ, ठ्याक्कै भेट भयो । यो मेरो दोस्रो भेट थियो, स्वनामसँग ।

त्यसको ठीक दुई दिनपछि मैले फोन गरेर घरमा खान आउनुहोस् भनेर बोलाएँ । घरमा सबैको सल्लाहले बोलाएको थिएँ । तर, उहाँ आउनु भएन । बरु तिमी खान आउन भनेर मलाई बोलाउनुभयो । त्यो सुनेर म अलि अलमलमा परेँ । अनि उहाँ आफैँले भन्नुभयो, ‘म अहिले खाना खान आउन भ्याउँदिनँ एउटा कार्यक्रममा छु । बरु तिमी पनि आउन सक्छौ कार्यक्रममा ।’ सापफल्चामा शान्तिका लागि ऐक्यबद्धता भन्ने संस्थाले युद्ध रोक्नुपर्छ र शान्ति स्थापना गर्नुपर्छ भन्ने विषयमा छलफल चलाइरहेको थियो । त्यसकारण उहाँ मेरो घरमा आउनु भएन । पछि म नै त्यही कार्यक्रममा गएँ । पछि–पछि मलाई स्वनामले कार्यक्रममा बोलाउनुहुन्थ्यो, म जान्थेँ । प्रायःजसो कार्यक्रममा म सहभागी हुन थालेँ ।

देश त्यतिबेला युद्धमै थियो, अहिले शान्तिको आवश्यकता छ भन्ने महसुस गरेर म त्यस्ता कार्यक्रममा जाने गर्थें । ०६० वैशाख ६ गते म शान्तिका लागि ऐक्यबद्धता कार्यालय सचिव भएँ । त्यतिबेला मलाई स्वामी गुणचन्द्र विष्टले सहयोग गर्नुभएको थियो । हाम्रो संस्थाको नारा थियो, ‘युद्ध होइन शान्ति र दुर्गति होइन प्रगति’ । यही नारासाथ हामी अगाडि बढेका थियाँै । त्यतिबेलाको स्थितिमा पनि यो कार्यक्रमले एकदमै ठूलो प्रभाव पारेको थियो । एक लाखभन्दा बढी नागरिक सडकमा उत्रेका थिए । मलाई यो अभियान एकदमै मन प¥यो । मैले गर्ने जागिर नै छाडेर पूरै समय त्यसैमा दिन थालेँ । त्यही सिलसिलामा स्वनामसँग म नजिकिन पुगेँ । उहाँले मलाई प्रायःजसो कार्यक्रम र मिटिङमा सँगै लैजाने गर्नुहुन्थ्यो । त्यतिबेलाको वार्ताटोलीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा र कमल चौलागाईंहरूसँगै मलाई पनि लैजानुहुन्थ्यो र मलाई चिनाउनुहुन्थ्यो ।

त्यहीक्रममा कमल चौलागाईले मलाई बुद्ध एयरमा काम गर्छौ भनेर सोध्नुभयो । गर्न त मन थियो तर त्यतिबेला म सोच्छु भनेर जवाफ दिएँ । स्वनामलाई सबै कुरा भनें । म टाइम मिलाउँछु, दुवैतिर काम गर्छु भने । तर, उहाँले मान्नु भएन । जहाँ गरे पनि एक ठाँउमा गर्ने भनेर सल्लाह दिनुभयो । अनि मैले कमल चौलागाईलाई गर्दिनँ भनिदिएँ । एउटै संस्थामा भएकाले प्रायः हामी सँगै हुन्थ्यौँ । त्यो अवधिमा पनि मलाई कहिल्यै त्यस्तो लागेन । एक दिन न्युरोडमा भेटेँ । किन हो उहाँको अनुहार एकदमै उज्यालो बलेकोजस्तो अनि एकदमै राम्रो लाग्यो । मलाई पनि थाहा छैन, त्यस दिन भयो के ? त्यसपछि हामी आफ्नै काममा व्यस्त हुन थाल्यौँ । फुर्सदको समयमा हामी भेट्थ्यौँ । कहिले उहाँले बोलाउनुहुन्थ्यो त कहिले मैले । हामीले भट्ने ठाउँ भनेको टुँडिखेल हुन्थ्यो । उहाँले मलाई कहिले केही पनि भन्नु भएन । खोई मलाई कसरी आँट आयो । मलाई नै थाहा छैन । उहाँको मनमा के छ रु त्यो पनि थाहा छैन । हामी टुँडिखेलमा बसिरहेका थियौं । तपाईंले मलाई साँच्ची मन पराएको हो रु अरूजस्तो मन पराए एक–दुई दिनमा छाड्ने त होइन नि भनेर सोधैं रु त्यसपछि बल्ल उहाँले हाँसेर ‘हो साँच्ची मन पराएको, धोका दिन्न’ भन्नुभयो ।

यो प्रेम प्रस्ताव हो कि के हो ? मलाई थाहा छैन । सायद मैले नसोधेको भए पनि उहाँले कहिल्यै भन्नुहुँदैन थियो होला । त्यतिबेला म २३ वर्ष कि थिएँ । यो मेरो उमेरको आवेग पनि हुन सक्छ । मैले केही पनि केलाउन भ्याइनँ । मेरो मनमा जे थियो त्यही भनिदिएँ । त्यसपछि पनि हाम्रो सम्बन्ध व्यवहारमा केही कम त आएन । बरु अलि नजिकिन थाल्यौँ । फुर्सद हुनेबित्तिकै हामी घुम्न जान्थ्यौँ । यसरी नै दिन बितिरहेका थिए । त्यसपछि सबै ०६१ को आन्दोलनमा लागिहाले । अनि म मास्टर्स पढ्नतिर लागेँ । ०६१ मा मैले पुल्चोकमै वैकल्पिक ऊर्जा अर्थात् ९नवीकरण ऊर्जा० मा मास्टर्स ज्वाइन गरेँ । त्यतिबेला म होस्टेलमा बस्थें। हाम्रो फोनमा कुरा त हुन्थ्यो तर त्यहीबेला राजाको ‘कु’ भयो । अनि फोन सेवा बन्द भयो ।

त्यसपछि उहाँ मलाई भेट्न भनेर मेरो होस्टेल आउनुभयो । उहाँ दुईपटक मेरो होस्टेलमै आउनुभयो । कहिले उहाँले बोलाएको ठाउँमा म जान्थें । शान्तिका लागि साझा अभियान ९कोक्याप० अनामनगरमा मिटिङ हुन्थ्यो, स्वनाम त्यहाँ आउनुहुन्थ्यो । ०६२ मा मेरो मास्टर्स सकिँदै थियो र मैले होस्टल छाड्नुपर्ने थियो । त्यसपछि म स्वनामकोमा बस्न जाने कि सान्दाइकोमा बस्न जाने भन्ने थियो । तर, मचाहिँ स्वनामकोमा जाने भन्ने कुरा सोचिरहेको थिएँ । मेरो ठूल्दाइ ९नवीन० जो मसँग एकदमै मिल्थे । उहाँ क्यानडा बस्नुहुन्थ्यो, विवाहका लागि नेपाल आउनुभएको थियो । म एकदमै दोधारमा थिएँ के गरौँ, कसो गरौँ भन्ने कुरामा । बरु दाइले मलाई जिस्क्याउँदै सोध्नुभयो– तैँले मन पराएको कोही छ कि छैन रु तिमीहरू भेट्छौ कि भेट्दैनौँ । मैले पनि सोझो अर्थमा भनिदिएँ, ‘छ हामी भेट्छौँ, घुम्न पनि जान्छौँ तर, नाम भन्न सकिनँ ।’ दाइको बिहे नजिकिसकेको थियो । सबैभन्दा पहिले ठूल्दाइसँग यो कुरा गर्ने निधो गरेँ तर, कसरी गर्नु भन्ने भइरहेको थियो । मैले भने पनि यो कुरा मान्न दाइ तयार हुने छैनन् । किनकि दाइले मलाई आफूभन्दा १० वर्ष कम र ५० वर्षभन्दा माथिको भए नभन्नु भन्नुभएको थियो । त्यसैले पनि नाम भन्ने आँट गरिनँ ।

दाइको विवाह पनि सकियो, म पनि विवाहमा गएकी थिएँ । दाइ क्यानडा जान्ने दिन आइसकेको थियो । भाउजूलाई स्वनामसँग भेटाउने कुरा भयो । घरपरिवारमा त्यहीअनुरूप दरबारमार्गको एक रेष्टुरेन्टमा हामीले भेटघाट गर्‍यौं । त्यसैबेला स्वनामले नै दाइसँग कुरा गर्नुभयो । दाइले त्यतिबेला केही पनि भन्नु भएन र आँखाभरि आँसु ल्याउनुभयो । त्यसको १५ दिनपछि सान्दाइको विवाह भयो । सान्दाइसँग ठूल्दाइले भन्नुभएछ, म बुद्धनगर दाइसँगै बस्थेँ । थाहा पाएपछि सान्दाइ पनि रुनुभयो, त्यस दिन केही भन्नु भएन । अर्को दिन दाइले मलाई बोलाएर डिसिजन त ठूलो छ भन्दै अँगाल्दै खुब रुनुभयो । दाइलाई सम्हाल्नै गाह्रो भयो । दाइको त्यो अवस्था देखेर सँगै बस्न गाह्रो हुन्छ कि जस्तो लाग्यो भन्दै स्वनामसँग पनि कुरा गरेँ । विदेशमा जस्तो नेपालमा त्यति सजिलो छ जस्तो लागेन ।

ठूल्दाइ मसँग कम बोल्न थाल्नुभयो । यत्तिकैमा हामी सँगै बस्न थाल्यौं । ०६२ देखि हामी सँगै बस्न थालेका हौँ । त्यसपछि म दसैँमा म घर गएँ । बुवाले सोध्नुभयो स्वनाम र तिमीबीच के सम्बन्ध छ भनेर । अनि मैले सँगै बस्छु भनेँ । अर्को दिन चिया खाँदै थिएँ, बुवाले बोलाएर भन्नुभयो, ‘प्रेम अन्धो रहेछ भन्थे साँच्चै रै’छ ।’ त्यति भइसकेपछि पुनर्विचार गर्न सक्छौ छोरी भन्नुभयो । अरू केही भन्नु भएन । सँगै बसिसकेपछि पुनर्विचार गर्ने कुरा पनि आउँदैनथ्यो । म अडिग थिएँ । मलाई पहिले किन कसैले केही नभनेको भन्दै बुवाले गुनासो गर्न थाल्नुभयो । त्यसपछि सबै सम्बन्ध राम्रै भयो घर अनि स्वनामसँग पनि । उहाँ जहाँ जानुहुन्थ्यो मलाई सँगै लैजानुहुन्थ्यो, देश–विदेश सबै ठाउँ । स्वनामले पार्टीका सबै साथीसँग भन्नुभएको थियो—मैले विवाह पो गरेको छैन, एकजना महिला कमरेडसँग बस्छु भनेर । उहाँको व्यक्तित्व नै त्यस्तै थियो कि कसैले केही भन्ने मौका पाएनन् । पहिले हामी सँगै हिँड्दा, घुम्दा त झन् भन्ने कुरा नै आएन । उहाँको र मेरो उमेरै यति ग्याप थियो । पछि सँगै बस्न थालेपछि पनि कसैले केही भनेको सुनिनँ । बाहिर सायद भने होलान् ।

हाम्रो सम्बन्धलाई मेरो परिवारले स्वीकार गरिसकेपछि अरूले जे भने पनि त्यसले केही अर्थ राख्दैनथ्यो । उहाँ योग, ध्यानमा निपुर्ण हुनुहुन्थ्यो । स्वनामको विवाहसम्बन्धी फरक धारणा थियो । मन मिलेपछि सँगै बस्दा केही फरक पर्दैन, विवाह नै गर्नुपर्छ भन्ने मान्यता उहाँको थियो । स्वनामले मलाई धोका दिनुहुँदैन भन्नेमा म ढुक्क थिएँ । मलाई पनि विवाह नगर्दा केही फरक लागेन ।

सायद इन्द्रमाया लामा र लक्ष्मीमाया दिदीहरू नआइदिएको भए सायद हाम्रो विवाह हुँदैनथ्यो । दुई वर्षअगाडि नेपाल आएको बेला मलाई सोध्नुभएको थियो अनि मैले पनि सबै कुरा भनेँ । उहाँहरूले स्वनामलाई पनि भन्नुहुन्थ्यो, ‘दाइ विवाह गर्नुपर्‍यो ।’ अनि स्वनामले हाँस्दै भन्नुहुन्थ्यो, ‘म कम्युनिस्ट मान्छे, मेरो जात छैन, तिमीहरू कार्यक्रम राख म उपस्थित भइदिन्छु, कसरी गर्ने मुस्लिम तरिकाले गर्ने कि हिन्दु या क्रिस्चियन ।’ त्यत्तिमै कुरा टुंगियो । फेरि दिदीहरू नेपाल आउनुभएको रहेछ । त्यतिबेला म अस्ट्रियाको भियानामा थिएँ । कामका लागि गएकी थिएँ । नेपालमा हाम्रो विवाहको कुरा भइरहेको रहेछ । स्वनामले मलाई फोन गरेर भन्नुभयो, ‘तिम्रो विवाह गरिदिने रे इन्द्रमाया दिदीहरूले ।’ अनि मैले ल ठिकै छ नि त भने ।

महिना दिनको बसाइपछि म नेपाल फर्किएँ । उता मेरो पीएचडीको फाइनल एक्जाम थियो । नेपाल आएपछि २४ गते पार्टीमा विगत १० वर्षदेखि हामीसँगै बस्दै आएको अवगत गराउँदै यही सम्बन्धलाई वैवाहिक जीवनको औपचारिकता पाऊँ भनी निवेदन हालियो । २५ गते पार्टीले स्वीकृत गरेछ । त्यो पनि थाहा थिएन, मिडियाबाट फोन आएपछि बल्ल थाहा भयो । पछि पार्टीबाट फोन आयो–तपार्इंको विवाह स्वीकृत भयो भनेर । २७ गतेका लागि विवाह गर्ने कार्यक्रम फिक्स भयो । त्यस दिन बन्द रहेछ अनि मेरो एक्जाम पनि । इन्द्रमाया र लक्ष्मीमाया दिदीहरू अर्को दिन मनाङ जानुहुँदै थियो । उहाँहरू नजाँदै विवाह गरिसक्नुपर्ने थियो । अनि बन्द भए पनि त्यही दिन नै विवाह फिक्स गर्‍यौं। बन्द खुलेपछि गर्ने भन्ने कुराअनुरूप प्रचण्डले गाडी पठाउनुभयो । अनि सबै नेताको सहभागितामा विवाह भयो ।

बुवाको इच्छा त थियो विवाह गरे हुन्थ्यो भन्ने । एकपटक घोषणा गरिदेऊ पनि भन्नुभएको थियो । केटा र केटीले मात्र पनि भनेर नहुँदोरहेछ समाजले विवाहले स्विकार्नु परर्दोरहेछ । कस्तो अचम्म लागिरा’छ मलाई त, विवाह भइसक्यो नयाँ केही पनि छैन । सामाजिक रूपमा नभए पनि कानुनी रूपमा विवाह गरेको प्रमाण आवश्यकता महसुस भएको थियो । हामीले कानुनी रूपमा विवाह गर्ने योजना बनाइरहेका थियौं । मतदाता नामावलीमा श्रीमान् श्रीमती भनेर नाम दर्ता गराएका छौं । योभन्दा अरू प्रमाण समाजलाई के चाहियो रु मेरो विचारमा विवाह बन्धन हो । त्यसैले यसलाई तोड्नुपर्छ र यो साम्यवादी समाजमा विवाह आवश्यक छैन जस्तो लाग्थ्यो । तर, अब यसको महत्व थाहा भयो । केटा र केटी दुवैको मन मिलिसकेको अवस्थामा उनीहरू सँगै बस्न पाउनुपर्ने धारणा मेरो छ । लिभिङ टुगेदर भन्ने नै थाहा थिएन । हामीले एक–अर्कालाई श्रीमान् श्रीमती मानिसकेपछि त्यस्तो लाग्दैनथ्यो । तर, पछि मिडियामा लिभिङ टुगेदर भनेर आएपछि बल्ल थाहा भयो ।

उजुरी परेर विवाह गरेको कुरा पनि सत्य होइन, साथीहरूले भनेरै विवाह गरेको हो, उजुरी परेर होइन । साथीहरूले नभनेको भए सायद विवाह पनि हुँदैनथ्यो । हामी श्रीमान् श्रीमती हौं भन्ने सबैलाई थाहा नै थियो किन विवाह गर्ने त ? उहाँ मिर्गौलाको बिरामी हुनुहुन्छ । म उहाँको साथ छाड्ने थिइनँ । पहिलेभन्दा अहिले उहाँलाई मेरो आवश्यकता छ । मबाहेक अरू कोही पनि छैन, उहाँलाई सहयोग गर्ने । डाक्टरले किड्नी ट्रान्सप्लान्टमा जाने भनेको छ । त्यसका लागि ब्लड ग्रुप मिल्नुपर्छ, मिलिहाल्यो भने पनि बाहिरको मान्छेले दिन मिल्दैन, त्यसका लागि कानुनै छैन, नेपालमा । म दिन्थें, दुर्भाग्य मेरो ब्लड नै मिलेन । उहाँको ‘बी’ पोजेटिभ र मेरो ‘ए’ पोजेटिभ छ । उहाँविनाको जीवन त म कल्पना पनि गर्न सक्दिनँ ।

म राजनीति त गर्दिनँ तर पार्टीलाई आवश्यकता परेको बेला पूरै सहयोग गर्छु । वुद्धिजीवी समाजको केन्द्रीय सदस्य पनि छु । मान्छे उमेर भनेपछि अलि अर्कै मान्ने रहेछन् । आफूभन्दा आधा उमेरको सँग विवाह गरेपछि बीचबोटोमै एक्लो परिन्छ भन्ने ठान्ने रै’छन् । तर, मलाई कहिले त्यस्तो लागेन । मर्ने, बाँच्ने भन्ने कुरा कसलाई थाहा हुन्छ । उमेरले छेक्दैन, मायाप्रेम नै ठूलो कुरा हो । त्यसले उमेर पनि भन्दैन रहेछ । उहाँ सधैँ भन्नुहुन्छ मेरो तीनवटा उमेर छ । मन बच्चाजस्तो, उमेरले युवा र रोगले वृद्धजस्तो । त्यसैले मान्छे सँधै हाँसीखुसी रहनुपर्छ, सबैलाई प्रेम बाँड्नुपर्छ भन्ने उहाँको मान्यता छ । उहाँ प्रेम र यौनमा अलि उदार भए पनि कहिले त्यस्तो व्यवहार देखाउनु भएन । मबाहेक अरू कसैसँग पनि उहाँले प्रेम गर्नु भएन । र, मलाई पनि कहिले अर्डर लगाउने, दबाउने व्यवहार पनि गर्नु भएन । तिमी जे गर्न चाहन्छौ गर, तिमी आफैँ इन्डिपेन्डेड छौ, मैले भनिरहनु पर्दैन भन्नुहुन्छ । यही सबैभन्दा राम्रो बानी हो, स्वनामको । उहाँलाई खाना बनाउन निकै मन पर्छ । अरूलाई चिनाउँदा सधैँ यी किरण गौतम इन्जिनियर भनेर चिनाउनुहुन्छ । कहिले पनि आफ्नो नामले चिनाउनुहुँदैन । ‘तिम्रो आफ्नो अस्तित्व छ’, स्वनाम भनुहुन्छ । स्रोत : काठमान्डू टुडे ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.