अब प्रहरीमा नयाँ भर्ना खुल्याे ३ सय ४२ जना आवश्यक रहेको भन्दै दरखास्त आब्हान गरेको ...
Advertisement

नेपाल प्रहरीले रिक्त रहेको पदमा दरखास्त आब्हान गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले ३ सय ४२ जना आवश्यक रहेको भन्दै दरखास्त आब्हान गरेको हो ।


खुल्लामा १८४ जना, अमर र असक्त प्रहरी परिवारबाट ७ जना, आदिवासी जनजातिबाट ४८ जना, मधेसीबाट ४२ जना, महिलाबाट ३० जना, दलित बाट २३ जना, पिछडिएका क्षेत्रबाट ८ जना प्रहरी जवानको माग प्रहरीले गरेको छ ।

आगामी आइतबारदेखि साउन ४ गतेभित्र दरखास्त आब्हान गर्न सकिने प्रहरी प्रवक्ता कमलसिंह बमले जानकारी दिए ।

पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल, मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगंज, सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, दिपायल महानगरीय प्रहरी परिसर हरु काठमाण्डौं, भक्तपुर र ललितपुर र जिल्ला प्रहरी कार्यालयहरु निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।

'आज निकालिएको बिज्ञापन रिक्त रहेको पदहरुको हो नयाँ 'को होइन' प्रहरी प्रवक्ता बमले सेतोपाटीसँग भने ।

प्रहरीले १० हजार प्रहरीको माग गर्दे तालुकदार मन्त्रालयमा निवेदन दिएको झन्डै १ वर्ष हुदाँसम्म कुनै सुनुवाइ भएको छैन् । अर्थले बजेट निकाशा गर्न समस्या हुने भन्दै त्यतिधेरै प्रहरी थप्न नसकिने यसअघि नै जनाइसकेको छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.