-रजनीकान्तकी श्रीमतीमाथि १४ करोड हिनामिनाको आरोप
Advertisement

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तकी श्रीमती लतामाथि १४ करोड हिनामिना गरेको भारतिय रुपियाँ हिनामिना गरेको आरोपमा अदालतमा जाहेरी दर्ता भएको छ।


रजनीकान्त अभिनित फिल्म ‘कोचदैयान' को पोष्टप्रोडक्सन र निर्माताको सहायताका लागि भनेर का लागि भनेर उनले १४.९ करोड ऋण लिएकी थिइन्। उनले उक्त ऋणका लागि मीडियावन ग्लोबल एंटरटेनमेंट लिमिटेडलाई ग्यारेन्टीमा राखेकी थिइन्।

तर, हाल आएर उनले ऋणका लागि पेश गरेका सबै कागजातहरु फर्जी पाइएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेंगलोरस प्रहरीका अनुसार उनीबिरुद्ध ‘वेलफेयर एसोसिएसन अफ इन्डिया' र ‘प्रेस क्लब' नाम भएको लेटरहेडबाट फर्जी कागजात प्रयोग गरी ऋण लिएकी हुन्।

प्रहरीका अनुसार, प्रेसक्लबले जारी गरेको चिठीमा लेखिएको छ,‘प्रकाशक तथा प्रसारक ‘वेलफेयर एसोसिएशन ऑफ इंडियाु सँग प्रेसक्लबको कुनै सम्बन्ध छैन। उक्त संस्था नै नक्कली हो।'

अदालतको आदेशपछि प्रहरीले गरेको अनुसन्धानमा पनि उक्त संस्था नक्कली भएको पाइएपछि रजनीकान्त पत्नीमाथि जाहेरी दर्ता गरिएको हो ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.