४ वटा क्यामरा लेन्स सहितको स्मार्टफोन...
Advertisement

स्मार्टफोनको साथमा स्मार्टफोनकै क्यामरा लेन्स पनि सार्वजनिक गरेको छ।


एमएसएलआर कोवाल्ट ४ नामको स्मार्टफोनको साथमा क्यामरा लेन्स पनि रहेको छ जसको मूल्य ८ हजार ४ सय ९९ भारतीय रुपैयाँ पर्ने बताइएको छ।

यसमा ४ वटा अलग गर्न मिल्ने लेन्सहरु उपलब्ध हुन्छ। बन्डल एट एक्स जूम लेन्स, फिस आई लेन्स (१७५–१८० डिग्री भ्यूइङ्ग एङगल), म्याक्रो लेन्स (१३० डिग्री भ्यूइङ्ग एङगल) र लेन्स सफा गर्ने कपडासहित आउने बताइएको छ।

एमएसएलआर कोवाल्ट ४ एन्ड्रोइडको ४.४ किटक्याट अपरेटिङ सिस्टममा काम गर्छ।  फोनमा ५ इन्चको क्यूएचडी स्क्रिन रहेको छ। यसले ५४०×९६० पीक्सेल रिजोलुशनको गुणस्तर दिन्छ।

यसमा १.४ जीएचजेडको अक्टाकोर प्रोसेसर रहेको छ। यसको र्‍याम १ जीबी र इन्टरनल मेमोरी ८ जीबी छ जसलाई मेमोरी कार्ड मार्फत् ३२ जीबीसम्म बढाउन सकिन्छ।

यसको पछाडि एलइडी फ्ल्यास सहितको ८ मेगापीक्सेल र अगाडि ३.२ मेगापीक्सेलको क्यामरा रहेको छ।  यसको ब्याट्री भने २००० एमएएचको रहेको छ। source kinmel.setopati.

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.