गुल्मीको अर्जै उच्च मा.वि मा राजनिति छिरेपछि शिक्षकहरु बीच कुटाकुट
Advertisement
गुल्मी जिल्लाको अर्जै उच्च मा.वि. मा राजनितीले उग्र रुप लिएपछि शिक्षकहरु बीच नै हात हालाहाल भएको छ ।
भनिन्छ, विद्यालय शिक्षाको ज्योति दिने ठाउँ हो । तर अर्जै उच्च मा.वि मा कार्यरत शिक्षकहरुले आफ्नो पदिय दायित्व विर्सदै पाटीको झण्डा बोकेर हिड्न लागेपछि विद्यालयले नै यतिबेला अस्त व्यस्त भएको छ । महिना दिनमा नै प्र.अको राजिनामा आउने विद्यालयमा पछिल्लो एक साता अघि शिक्षकहरु बीच कुटपिट भएको घटना सार्वजनिक भए सँगै विद्यालयको यथार्थ बाहिर आएको छ ।
जेठ १२ गते विद्यालय समयमा बैद्य माओवादी निकट मानिने शिक्षक जोरासिंह पुनले विद्यालयमा मादक पर्दाथ सेवन गरी प्र.अ कमल प्रसाद अर्याललाई अपच शव्द प्रयोग गर्दै बेईजेति गरेको स्रोतले बताएको छ । तर यो कुरा भने शिक्षक पुन पक्षले स्वीकार गर्ने पक्षमा भने देखिएको छैन । काँग्रेस, एमाले शिक्षकहरु एक पक्षमा उभिएका छन् भने एमाओवादी र बैद्य माओवादी शिक्षकहरु अर्को पक्षमा उभिएका छन् ।
arjai high school
जेठ १२ गते शिक्षक जोरा पुनले प्र.अ को कार्यकक्षमा पुगि गुप्ताङग देखाएको आरोप काँग्रेस, एमाले निकट मानिने शिक्षकहरुको दावी छ । “अर्मादित कार्य जोरासरले गरेका हुन” स्रोत भन्छ“ शिक्षक धनिश्वर अर्याल र शिक्षक पदम पाण्डेलाई जोरासरले हानेर उनी भागे ।”
शिक्षक जोरासिंह पुनलाई केही शिक्षकहरु मिलि पिल्लरमा बानेर पिटेको बुझिएको छ । “पदमको रगत देखिएर पिटेको प्रमाणित भयो, तर जोरासिंहलाई पनि पिल्लरमा बानेर पिटिएको हो, तर उनलाई चोट लागेन र प्रमाण पनि भएन” स्रोतले भन्यो ।
प्रत्यदर्शीका अनुसार जोरासरलाई पिल्लरमा बाधेको बताएका छन् । “म जाँदा पिल्लरमा बाधिएको थियो, हामीले यसो गर्न हुन्न भन्यौ” नाम नभन्ने सर्तमा प्रत्यदर्शिले भने ।
पदम पाण्डेलाई जोरासिंहले आखामा चोट लाग्ने गरि मुक्का प्रहार गरेको बुझिएको छ । रुकुम जिल्ला स्याल पाखा गाविसका जोरासिंह पुन ०६२ असार १६ गते अस्थायी दरबन्दीमा माविका गणित शिक्षक हुन ।
मुक्का प्रहार गरेपछि जोरासिंह भागेको र अर्को विहान १३ गते प्रहरी चौकी ईस्मामा गई गल्ती भएको र माफ पनि मागेको काँग्रेस, एमाले निकट शिक्षकहरुले बताएका छन् । “गल्ती जोरासिंहको मात्र छैन, यहाँ धेरै संडयन्त्र रचिएका छन्” बैद्य निकट मानिने स्रोतले भन्यो–“जोरासिंहलाई पिल्लरमा बानेर समेत पिटेका छन ।”
शिक्षक जोरासिंह पुनलाई केही शिक्षकहरु मिलि पिल्लरमा बानेर पिटेको बुझिएको छ । “पदमको रगत देखिएर पिटेको प्रमाणित भयो, तर जोरासिंहलाई पनि पिल्लरमा बानेर पिटिएको हो, तर उनलाई चोट लागेन र प्रमाण पनि भएन” स्रोतले भन्यो ।
प्रत्यदर्शीका अनुसार जोरासरलाई पिल्लरमा बाधेको बताएका छन् । “म जाँदा पिल्लरमा बाधिएको थियो, हामीले यसो गर्न हुन्न भन्यौ” नाम नभन्ने सर्तमा प्रत्यदर्शिले भने ।
घटना पछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष ढुण्डीराज अर्याल, शिक्षक, अभिभावकहरुको बैठक बसी शिक्षक पुनलाई कारबाही गर्न भनी जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएको छ ।
पुनलाई जिल्ला प्रहरी कार्यालयमा एक हप्ता सम्म राखि अहिले छाडिएको छ । शिक्षक पुनलाई छुटाउन बैद्य निकटका केही व्यक्तिहरु पुगि छुटाएका हुन । पुन शुक्रबार देखि पुनः विद्यालयमा जान थालेको बताइएको छ ।
शिक्षक जोरा सिंह प्रहरी चौकीमा थुनिएपछि विद्यार्थीहरुले जोरा सिंह नभए सम्म विद्यालय सञ्चालन गर्न नदिने भन्दै तालाबन्दीको धम्की दिएपछि शिक्षक जोरासिंह पुन विद्यालयमा आएका छन् ।
विद्यार्थीहरुले जति रक्सी खाएपनि पढाउने बेलामा नखाएको र अध्यापन राम्रो गरेको भन्दै शिक्षक पुनलाई विद्यालयमा ल्याउन माग गरेको बुझिएको छ ।
घटना घटेपछि समितीमा बस्नुको औचित्य नभएको भन्दै एमाले निकट दुई पदाधिकारीले समितिबाट राजिनामा दिएको बुझिएको छ । राजिनामा दिनेमा शेर बहादुर क.सी र सुर्य बहादुर कार्की रहेका छन् ।
स्रोतका अनुसार शिक्षक पुनलाई हटाई काँग्रेस एमाले निकट नयाँ शिक्षक राख्नकै लागि सडयन्त्र गरिएको बताइएको छ । शिक्षा कार्यालयले भने अझै यो विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । source a2z khabar
Advertisement