जानी राखौ ...तपाईंको टाउको दुखिरहने समस्या छ ? छ भने यसो गर्नुहोस
Advertisement

के तपाईंको टाउको दुखिरहने समस्या
छ ? छ भने यसो गर्नुहोस ।

१ः आफ्नो टाउको दुखाइको बारेमा लेख्ने
कस्तो खालको दुखाइ हो , प्राय : कुन बेलामा शुरु
हुन्छ , के खादा वा के गर्दा शुरु हुन्छ , शुरु हुनु अघी, शुरु
भएपछी र निको भएपछी तपाईंलाई कस्तो महसुस
हुन्छ , प्राय कती समयसम्म रहन्छ जस्ता कुराहरु तपाईंले
टिप्नु भयो भने तपाईं उपचार गर्ने डाक्टरलाई र
तपाईंलाई पनि टाउको दुखाइको कारण, समाधान र
बच्ने उपाय थाहा पाउन सजिलो हुन्छ ।
२ः निश्चित समयमा सुत्ने
अनिदो रहने , जुन बेला मन लाग्यो त्यही बेला सुत्ने,
उठ्ने गर्नाले पनि धेरैलाई टाउको दुखिरहेको हुन्छ वा
अरु कारण ( जस्तै माइग्रेनको टाउको दुखाइ )
बढाइरहेको हुन्छ । त्यसैले सकेसम्म निन्द्रा नफालौ ,
सधैं एकै समयमा सुत्ने र उठ्ने बानी गरौ ।
३ : नियमित रुपमा व्यायाम गर्ने
नियमित रुपमा व्यायाम गर्नाले शरीर स्फुर्त
रहनाका साथै मन पनि चङ्गा रहन्छ। यस्ले शरीरमा
इन्डोर्फिन नामक मस्तिस्कको प्राकृतिक पेनकिलर
पनि उत्पादन गर्न मद्दत गर्छ । हफ्ताको ४ –५ दिन
करीब २०– ३० मिनेट छिटो – छिटो हिंड्नु
स्वास्थ्यकर हुन्छ ।
४ : मानसिक तनाव कम राख्ने
मानसिक तनाव सबैलाई पर्छ तर त्यससँग कसरी डिल
गर्ने, समस्या कसरी समाधान गर्ने , आफुलाई कसरी
कम तनाव पार्ने भन्ने उपायहरु हामीले जान्नुपर्छ।
तनावको बेलामा आफ्ना रुचिका कामहरु जस्तै घुम्न
जाने, साथीभाइसँग गफ गर्ने , म्युजिक सुन्ने , मुभी हेर्ने ,
रमाइला किताबहरु पढ्ने गर्न सकिन्छ । साथै ध्यान
गर्ने, योगा गर्ने गर्नाले पनि तनावलाई धेरै कम गर्न
सकिन्छ र टाउको दुखाइ पनि नियन्त्रण गर्न सकिन्छ

५ : चियाकफी, जाडरक्सी , चुरोट कम गर्ने
चियाकफी, जाडरक्सी , चुरोट आदीको अत्यधिक
सेवनले माइग्रेन जस्ता टाउको दुखाइहरुलाई बढाउछ।
त्यसैले त्यस्ता कुरा सकेसम्म कम गरेको नै बेस हुन्छ।
६ : स्वस्थ खाना खाने
स्वस्थ खाना ९भन्नाले हरियो सागसब्जी , फलफुल,
पानी०को बढी मात्रामा सेवन गर्ने बानी गर्नुपर्छ।
त्यस्को मतलब कोकफेन्टा, चाउचाउ , चिप्स जस्ता
प्रोसेस्ड खानेकुरा खाँदै नखानु भनेको हैन , किनकी
त्यो सम्भवै छैन, तर कम गरेको धेरै बेस। साथै बाहिर
होटलका अनहाइजेनिक खानाहरु पनि सकेसम्म नखानु
राम्रो। अनी खाना टाइममा खाने , भोको पेट नबस्ने
गर्नाले पनि माइग्रेनको दुखाइले सताउन कम हुन्छ।
७ : चिसोले टाउको सेक्ने
चिसोले सेक्नाले पनि दुखाइमा केही आराम गर्छ,
त्यसैले चिसो पानीमा रुमाल भिजाएर टाउकोमा
राख्नाले टाउको दुखाइमा आराम मिल्छ।
८ : दुखाइको औषधी खाने
टाउको दुखाइ अती नै बढी छ , सहन नसकिने छ भने
दुखाइका साधारण औषधीहरु जस्तै सिटामोल ,
सिटामोल र कोडिनको कम्बिनेसन ( कोडोपार ,
डोलोपार आदी ) खान हुन्छ । निम्स , ब्रुफेन जस्ता
पेनकिलरको अत्यधिक सेवनले ग्यास्ट्राइटिस ,
किड्नीमा समस्या गर्न सक्छ र टाउको दुखाइ पहिले
भन्दा फरक , धेरै छ भने डाक्टरलाई देखाउनु बेस हुन्छ ।source khabarsarlahi

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.