भारतको कोठीमा भेटिए भूकम्पपछि बेचिएका सिन्धुपाल्चोक र नुवाकोटका युवती
Advertisement
नेपालमा आएको शक्तिशाली भूकम्पपछि विभिन्न प्रलोभनमा नेपाली चेली भारतका वेश्यालयमा पुगेको खुलासा भएको छ ।
मानव तस्करमा संलग्न दलालहरुले जागिरको प्रलोभनमा धोका दिएर नेपाली युवतीलाई भारतका विभिन्न शहमा रहेका कोठीमा बेचिरहेका छन् ।
यसको खुलासा सोमबार आगराको कश्मीरी बजारमा प्रहरीले छापा हानेर तीन नेपाली युवतीलाई मुक्त गरेपछि भएको हो । दुई नाबालिका समेत गरी सात जना युवतीपनि मुक्त भएका छन् । प्रहरीको छापामा एक दलाल, तीन कोठी सञ्चालिका समेत गरी १० जना पक्राउ परेका छन् ।
भारतको सामाजिक संस्था रेस्क्यू फाउण्डेशनको दिल्ली शाखाका जाँच अधिकारी सन्तोष सेधाईले दिएको सूचनामा प्रहरीले कोठीमा छापा हानेको थियो ।
सन्तोषले भनेका छन्– ‘भूकम्पपछि जागिर दिने प्रलोभनमा नेपालबाट ६ जना युवतीलाई आगरा ल्याएर जबरजस्ती देह व्यापारमा लगाइएको थियो । यो जानकारी मैले पाएपछि प्रहरीलाई खबर गरेर उद्दारका लागि अनुरोध गरे ।’
उनका अनुसार संस्थाले एक महिनासम्म निरन्तर निगरानी गर्दा उक्त सूचनाको पुष्टि भएको थियो । त्यसपछि उनले फाउण्डेशनका राजेश चतुर्वेदी र ऊषा सिंहसँग एसपी क्राइमलाई यो घटनाबारे जानकारी दिएका थिए ।
सीओ छत्ताको नेतृत्वमा गठित प्रहरी टिमले कश्मीरी बजारका तीन कोठीमा छापा मारेका थिए । दुई कोठामा बाहिरबाट ताला लगाइएको थियो । यी कोठीभित्र प्रहरी भ¥याङ लगाएर माथिबाट भित्र पस्यो ।
एक कोठाबाट चार, दोस्रो कोठाबाट तीन र तेस्रो कोठाबाट तीन युवती भेटिए । उनीहरुलाई तत्कालै मुक्त गरियो । त्यहाँबाट १७ जना ग्राहक पनि समातिएका छन् ।
सन्तोष सेधाईले बताए अनुसार कोठीबाट मुक्त गरिएका तीन नेपाली युवती नेपालको सिन्धुपाल्चोक र नुवाकोटबाट हुन् ।
नेपालमा भूकम्पले घरबार सबै भत्काएपछि केही व्यक्तिहरुले तीनै जनालाई जागिरको प्रलोभन देखाएर भारतको आगरा पु¥याएका थिए । .उद्दार गरिएका नेपाली युवतीसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।
नेपाल प्रहरीसँग सहकार्य गरी तीनै युवतीलाई घर पठाउने तयारी भइरहेको रेस्क्यू फाउण्डेशनको दिल्ली शाखाका जाँच अधिकारी सन्तोष सेधाईले जानकारी दिनुभयो । पक्राउ परेका कोठी सञ्चालक तथा ग्राहकविरुद्ध जबरजस्तीकरणी र देह व्यापार सञ्चालक गरेको ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । source dainik khabar
Advertisement