एसएसबीबीच गोली हानाहान
Advertisement
विराटनगर–सीमावर्ती बजार जोगवनीस्थित एसएसबीको बोर्डर आउट पोष्ट क्याम्पमा कार्यरत्त दुई जवानबीच 'गोली हानाहान' भएको छ । मंगलबार अवेर राति भएको उक्त घटनामा एसएसबीका दुई जवान गम्भीर घाइते भएका छन्।
घटनाबारे अनुसन्धान भइरहेको जोगवनीस्थित एसएसबी कार्यालयले जानकारी दिएको छ । घटनामा जवान राजस्थान घर भएका अशोककुमार बर्मा र उत्तर–प्रदेशका राहुल कुमार घाइते भएका छन् । एसएसबीका जवान राहुलको तालुमा गोली लागेको छ । उनको अवस्था गम्भीर छ । अशोकको छातीमा गोली लागेको छ । जीवन ज्योती अस्पतालका प्रवन्धक सरिता मेहताले गोली लागेका एसएसबीका दुबै जवानलाई बचाउने प्रयास जारी रहेको बताइन् ।
एसएसबीको क्याम्प कार्यालयले जोगवनीको प्रहरी प्रमुखलाई पेट्रोलिङ सकिएपछि ब्यारेकमा आएर पानी खाने क्रममा हतियार झरेर गोली चलेकाले दुबै घाइते भएको लिखित रिर्पोट बुझाएको छ । घटनापछि एसएसबीले कोर्ट अफ इनक्वायरी गठन गरेको छ । भारत सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षार्थ अर्ध सुरक्षा वल एसएसबीको तैनाथी गरेको छ ।source;nagaric news

Advertisement


