कोटेश्वरस्थित नरेफाँटको फुटबल ग्राउन्डछेउको नालीमा सुटकेसभित्र टाउको र हातखुट्टा भेटियो
Advertisement

काठमाडौं/ सुटकेसभित्र मानव टाउको र हातखुट्टा प्याक गरेर फालिएको अवस्थामा फेला परेको छ । कोटेश्वरस्थित नरेफाँटको फुटबल ग्राउन्डछेउको नालीमा प्लास्टिकमा प्याक गरेर सुटकेसभित्र हालिएको टाउको र हातखुट्टा प्रहरीले सोमबार फेला पारेको हो ।

शवको टुक्रा केटाको भएको, तर सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ओभरसियरहरूले सो स्थानमा नापजाँच गर्ने क्रममा सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव दुई साता पुरानो भए पनि बाहिर गनाएको थिएन । सुटकेसलाई पनि प्लास्टिक र बोराले बेरेर राखिएको थियो । हराएका व्यक्तिहरूको सूची हेरेर टाउकोको सनाखत गर्न थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । शवको शरीर फेला परेको छैन । सुटकेसमा अरू केही सामान फेला नपरेको प्रहरीले जनाएको छ । क्रुर अपराधीले हत्या गरेर शव फालेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।source:nayapatrica

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.