घरजग्गा पासमा महानगरले रोक लगायो
Advertisement
काठमाडौं, जेष्ठ २७ - काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत भवन निर्माण गरेका घरधनीको घर जग्गापास र बिमा लगायत प्रक्रियामा रोक लगाएको छ ।
स्थानीय स्वायतशासन ऐन तथा भवन आचार संहिताविपरीत निर्माण गरिएका भवन भत्काउने प्रक्रिया अघि बढेको उल्लेख गर्दै महानगरले घरजग्गा र बिमामा रोक लगाएको हो ।
बुधबार महानगरले बिमा समिति, महानगर क्षेत्रभित्र पर्ने सम्पूर्ण मालपोत कार्यालय, डिजिभन सहरी, नेपाल राष्ट्र बैंक लगायतलाई भवननिर्माण सम्पन्न गरेको प्रमाण पेश नगरी कानुनीप्रक्रिया नबढाउन आग्रह गरेको छsource taja khabar

Advertisement