भूकम्पपछि मुस्ताङमा अनौठो किराको बिगबिगि
Advertisement

२३ जेठ, मुस्ताङ ।

फौजी किराले अन्नबाली नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् ।


रातको समयमा आउने किराले मकै र जौ नष्ट गरेपछि किसानहरु समस्यामा परेका छन् । जिल्लाको जोमसोम, मार्फा, कुञ्जो, लेते, कोबाङ र टुकुचे गाविसमा उक्त किराको बिगबिगी बढेको किसानहरुले जानकारी दिएका छन् ।

खेतमा लगाएको अन्नबाली सखाप पार्ने गरी खाइदिएपछि आफूहरु मर्कामा परेको मार्फाका किसान श्याम थकालीले जानकारी दिए ।

मध्यरातको समयमा एकै हुलमा आउने किरालाई फौजी किरा भनिन्छ । उक्त किरालाई दिउँसोमा देख्न मुश्किलपर्छ । “बिहान र दिउँसो खासै देखिँदैन, रातको समयमा आएर सखाप नै पारिदिन्छ, थकालीले भने, “पहिला विषादीको प्रयोग पनि गरिएन अहिले समस्या भएको छ ।” भर्खरै उम्रेको मकै, जौलगायतका अन्नबालीमा यस्तो प्रकोप देखिएपछि किसानहरु मारमा परेका छन् ।

जिल्लाको तल्लो क्षेत्रका यी गाविसहरुलाई मकै र जौ उत्पादनको दृष्टिले पकेट क्षेत्र मानिएको छ । त्यसका साथै यस क्षेत्रमा स्याउ र फापरको उत्पादन पनि राम्रो हुने किसानहरुले जानकारी दिएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले त्यस क्षेत्रमा फैलिएको फौजी किराको प्रकोप नियन्त्रणका लागि प्रयास भइरहेको जानकारी दिए । “कृषि विकास कार्यालय र टुकुचे सेवा केन्द्रबाट प्राविधिकहरु खटिरहेका छन्, विषादी प्रयोग र त्यसको रोकथामका लागि अन्य उपायहरु प्रयोग भइरहेको छ” अधिकारीले भने । source nepaliheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.