दोलखालाई केन्द्र बनाएर फेरी बिहानै भूकम्पको धक्का ५.२ रेक्टर स्केलको पराकम्पन
Advertisement
३० जेठ, काठमाडौं । दोलखालाई केन्द्र बनाएर शनिबार बिहान ५.२ रेक्टर स्केलको पराकम्पन गएको छ ।
बिहान सात बजेर तीन मीनेट जाँदा दोलखाको सिंगटीलाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टरस्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वैशाख १२ गते गएको ७.८ रेक्टर स्कलको भूकम्पपछि अहिले पनि भूकम्पका पराकम्पन आउने क्रम जारी रहेको छ । भूकम्प आएलगतै पराकम्पन आउने क्रम तीव्र भएपनि अहिले पराकम्पन आउने क्रम न्यून भएको छ । source onlinekhabar
Advertisement