२ करोड पर्ने एप्पलको पहिलो कम्प्युटर कवाडीमा, फ्याँक्ने महिला फेला परिनन्
Advertisement
भिल्लका देशमा मणीलाई समेत फोहोरमा फ्याँकिन्छ भन्ने श्लोक नै छ । तर भिल्लका देशमा मात्र होइन, धनी र विकशित देश अमेरिकामै झण्डै दुइ करोड रुपैयाँ पर्ने बहुमुल्य चिज पनि कवाडीमै फ्याँकिदो रहेछ ।
पुराना सामान अर्थात् फोहोर पुनचक्रण गर्ने कम्पनीले उक्त कम्प्युटर फ्याँक्ने महिलाको खोजी गरिरहेको छ तर ती महिलाको नाम तथा ठेगाना नभएको कारण रिसाइक्लिङ कम्पनी अप्ठेरोमा परेको छ ।
उक्त एप्पल वान कम्प्युटर एप्पल कम्पनीले सबैभन्दा पहिले बनाएको कम्प्युटर मध्येको हो । यसलाई एप्पलका संस्थापक मध्येका एक स्टीभ बोज्नियाकले आफ्नै हातले बनाएका थिए ।
बोज्नियाकले उसबेला यस्ता दुइ सयवटा कम्प्युटर मात्र बनाएका थिए । सन् १९७६ केा जुलाइमा उक्त कम्प्युटर ६ सय ६६ डलर ६६ सेन्टमा बिक्रि भएकेा थियो । अहिले विश्वभरमा गरी एप्पल वान कम्प्युटरमध्ये केवल ६६ वटा मात्र अस्तित्वमा रहेका र अरु नष्ट भैसकेका विश्वास गरिएको छ । उक्त कम्प्युटरमा केवल ४ किलोबाइटको मेमोरी रहेको छ ।
कवाडी सामान खरीद बिक्रि गर्ने कम्पनी क्लिन बे एरियाका अनुसार एकदिन झण्डै ६०-७० वर्षकी एक महिलाले कवाडी पसलमा आएर केही डिब्बाहरु छाडेर गइन् । ती महिलाले आफ्नो नाम ठेगाना केही पनि बताइनन् । पछि डिब्बा खोलेर हेर्दा त्यसभित्र निकै दुर्लभ र बहुमुल्य कम्प्युटर फेला पर्यो । source onlinekhabar
Advertisement