Breaking news .अमेरिकामा नेपाली छात्राको हत्या गर्नेलाई ८५ वर्ष जेल
Advertisement
वाशिंगटन डिसी-नेपाली मुलकी विद्यार्थी समानता श्रेष्ठको हत्यारालाई ८५ वर्ष जेल सजाय हुने भएको छ। सोमबार भएको सुनुवाइमा मुख्य हत्याराको अभियोगमा पक्राउ परी मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेककी २२ वर्षीय विद्यार्थी जेसिका मिशेल विङ्गलाई ८५ वर्ष सजाय तोकिएको हो।
मोन्टगेमरी काउन्टी सर्कुट अदालत भर्जिनिया ब्ल्याकबक्सले विङ्गलाई हत्याको अभियोगमा ८० वर्ष र प्रमाण लुकाउने प्रयास गरेको अभियोगमा थप ५ वर्ष गरी ८५ वर्षको सजाय तोकेको हो। अदालतमा सुनुवाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो। नेपाली विद्यार्थी समानता हत्या अभियोगमा भर्जिनिया टेक्निकलका दुई विद्यार्थीलाई स्थानीय प्रहरीले गत वर्ष नै नियन्त्रणमा लिएको थियो। हत्याका अभियुक्त भर्जिनिया टेक्निकलका विद्यार्थी भएको र उनीहरु भर्जिनियास्थित ब्ल्याकबक्सका स्थानीय बासिन्दा भएको प्रहरीले पक्राउपछि जनाएको थियो। अमेरिकाको निकै चर्चित भर्जिनिया टेक्निकल विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या धेरै छ। मुख्य अभियुक्त जेसिका उक्त विश्वविद्यालयमा अध्यनरत थिइन् भने समानताले उत्तरी भर्जिनियाको जेम्श मेडिशन माध्यमिक विद्यालयबाट उच्च माध्यमिक अध्ययन गरेकी हुन्। सोमबारको सुनुवाइमा डिसी महानगर क्षेत्रका विभिन्न संघ-संस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी र नेपाली समुदायको उपस्थिति थियो। न्यायाधिसले हत्याकी मुख्य अभियुक्त जेसिकाले पहिलो चरणमा ४५ वर्षसम्म सजाय भोग्नुपर्ने बताए। त्यसपछि उनको आचरण, व्यवहार, अनुशासन राम्रो ठहर भएमा अदालतमा अपिल गर्न पाउने मोन्टगेमरी काउन्टी सर्कुट अदालतका न्यायाधिसले फैसला गरेका छन्।source taja-khabar

Advertisement


