Breaking news, .-मद्रास क्याफेकी नायिका लीना पल ठगी आरोपमा पक्राउ
Advertisement
मुम्बईको आर्थिक अपराध शाखाले जोन अब्राहमसँग मद्रास क्याफे चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री लीना पल र उनको लिभ इन पार्टनर चन्द्रशेखरलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ। पक्राउ पश्चात् दुवैलाई अदालतमा पेश गरिएको थियो र अदालतले उनीहरुलाई जून ४ तारिखसम्म हिरासतमा राख्ने आदेश दिएको छ।
लीना र चन्द्रशेखरबाट पुलिसले १३७ वटा महंगा विदेशी हाते घडी, ७ वटा महंगा कार र पैसा बरामद गरेको छ। दुवै जना गोरगाउँ नजिकैको एक घरमा महंगो भाडा तिरेर बसिरहेका थिए।
लीनाले दक्षिण भारतमा थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छिन्। चलचित्रमा काम गर्नु अघि उनी मोडलिङ पेशामा संलग्न थिइन्।
लीना र चन्द्रशेखरलाई यो भन्दा अगाडि पनि तमिलनाडुको कनारा बैँकलाई १९ करोड भारतीय रुपैयाँ ठगी गरेको आरोप लागेर दिल्लीमा पक्राउ गरिएको थियो। जमानतमा छुटोका उनीहरुले फेरि ठगी धन्दा सुरु गरेको बताइएको छ।source kala.setopati.

Advertisement

