Breaking news, क्याच लिन खोज्दा क्रिकेटर मैदानमै बेहोस गम्भीर
Advertisement

गम्भीर अवस्थामा अस्पतालमा उपचार हुँदै
 लण्डन : इङ्ल्यान्डमा टी-२० क्रिकेट म्याचका क्रममा क्याच लिन खोज्दा साथीसँग ठोक्किएर एक अस्ट्रेलियन क्रिकेटर मैदानमै ढलेका छन् ।


 अस्ट्रेलियन क्रिकेट टिमका चर्चित खेलाडी मोइस हेनरिक्स क्याच लिने क्रममा आइतबार आफ्नै साथीसँग ठोक्किर लड्दा गम्भीर घाइते भएका छन् ।

आफ्नै टिमका खेलाडी रोरी बर्न्ससँग ठोक्किन पुग्दा ढलेका उनको च्यापु नै खुस्केको छ भने दाँत भाँच्चिएको छ । घटनापछि उनलार्इ तत्कलै एम्बुलेन्सबाट अस्पताल पुर्याइयो । खेलाडी घाइते भएपछि सो खेल पनि रद्ध गरिएको छ ।

राज्यस्तरीय यो टी-२० म्याच ससेक्सको होम ग्राउन्ड एरुन्डेलमा भइरहेको थियो । यसक्रममा एउटा क्याच लिन विकेटकिपर रोरी बर्न्स र हेनरिक्स दुबै दौडेका थिए । क्याच लिन आकाशतिर हेरेका उनीहरुले एकअर्कालार्इ देखेनन् । क्याच लिन उफ्रने क्रममा बर्न्सको घुँडाले हेनरिक्सको च्यापुमा जोडले लाग्यो ।

साथीको घुँडाले च्यापुमा लागेपछि हेनरिक्स तत्कालै बेहोस भए । साथी बर्न्स पनि बेहोस हुन पुगे । बेहोस भएको केही समयपछि उनीहरुको होस त खुल्यो तर उपचारका लागि अस्पताल नै भर्ना हुनुपर्यो ।

ससेक्सका अधिकारीले जानकारी दिएअनुसार हेनरिक्सको च्यापु तीन ठाउँमा भाँच्चिएको छ । च्यापुसँगै दाँतमा पनि चोट लागेकाले उनको उपचार डेन्टल सर्जनले गरिरहेका छन् ।

बर्न्सक अनुहार र घुँडामा चोट लागेको छ । उनको पनि उपचार जारी छ । मैदानमै प्राथमिक उपचारपछि दुबै खेलाडीको अहिले अस्पतालमा उपचार जारी छ । हेनरिक्स टी-२०, वान डे र टेस्ट तीनै फर्म्याटमा अस्ट्रेलियन टिमका सदस्य हुन् । उनलार्इ अस्ट्रेलियन टिमका सबैभन्दा क्षमतावान खेलाडी मानिन्छ ।source taja  khabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.