Breaking news, .ट्रकको ठक्करबाट मलेसियामा एकको मृत्यु
Advertisement
मलेसिया : २१ दिन अघि ट्रकको ठक्करबाट गम्भीर घाइते भएका नवलपरासीका मानबहादुर विकको उपचारको क्रममा मलेसियाको पेनाङमा मृत्यु भएको छ ।
सात वर्षदेखि पेनाङ्गको वुकिट तम्बुनस्थित युवान हिन कम्पनीमा कार्यरत उनी मे १४ मा दुर्घटनामा परेका थिए । बाटो काटने क्रम मा ट्रकको ठक्करबाट गम्भीर घाइते उनको उपचारकै क्रममा सोमबार मृत्यु भएको रामेछापका थलेन्द्र भुजेलले जानकारी दिए ।
बिक केही एक महिनापछि नेपाल फर्किने तयारीमा रहेका थिए । उनका जेठा छोरा पनि मलेसियामै कार्यरत रहेकाले पोष्टमार्टमपछि बुवाको शव लिएर उनी घर जाने भएका छ्न । source taja khabar

Advertisement