.Breaking news, नेपाल टेलिकमको अर्को नयाँ डाटा झनै सस्तो, अब एक एमबीको २० पैसा मात्र....
Advertisement

जेठ २४, काठमाडौं ।
नेपाल टेलिकमले मात्र २० पैसामा एक एमबी डाटा चलाउन सकिने गरी नयाँ अफर ल्याएको छ । तर यो सुविधा प्रयोग गर्नका लागि तपाईंसँग टेलिकमको पोष्टपेड सिम अनिवार्य हुनुपर्नेछ ।

टेलिकमले सार्वजनिक गरेको अफर अनुसार अब पोष्टपेड उपभोक्ताले निकै सस्तोमा डाटा चलाउन पाउने भएका छन् । नयाँ प्याकेज अनुसार एक महिनामा ९ सय रुपैयाँ खर्च गर्ने ग्राहकले ५ सय रुपैयाँको भ्वाईस कल मात्रै गर्न पाउनेछन् भने त्यसको अलावा २ जिबी डाटा समेत प्राप्त गर्नेछन् ।
५ सय रुपैयाँको भ्वाईस कल गर्न सकिने भएपनि बाँकी ४ सय रुपैयाँमा २ जिबी डाटा चलाउन सकिने नेपाल टेलिकमले जनाएको छ । यसरी हिसाब गर्दा एक एमबी को मात्र २० पैसा तिरे पुग्छ । यो शुल्क अत्यन्तै सस्तो हो । अहिले पोष्टपेड मोबाईलबाट डाटा चलाउँदा प्रति एमबी ७० पैसा तिर्नुपर्छ ।
फोनसँगै इन्टरनेट समेत बढी प्रयोग गर्ने उपभोक्ता यो प्याकेजबाट लाभान्वित हुने टेलिकमको भनाई छ । यो सुविधा एक्टिभेट गर्नका लागि टेलिकमको नजिकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राख्न टेलिकमले आग्रह गरेको छ ।
टेलिकमले आफ्ना प्रिपेड ग्राहकलाई भने यो सुविधा तत्कालका लागि उपलब्ध गराएको छैन ।
source hamrosandesh.

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.