राप्रपा अध्यक्ष थापाद्वारा राजीनामा, नयाँ अध्यक्ष राणा
Advertisement

२५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले केन्द्रीय समिति बैठकमा राजीनामा दिएका छन् । नयाँ अध्यक्षमा पूर्व अध्यक्ष पशुपति शम्शेर राणा चयन भएका छन् । पार्टी कार्यालय चावहिलमा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा थापाले उमेर र कार्यव्यस्थताको कारण देखाउँदै राजीनामा दिएका हुन् । राजीनामा पत्रमा भनिएको छ-’मेरो ८७ वर्षको उमेरको अवस्था र सभासदको भूमिकामा संविधानसभा/व्यवस्थापिका संसदमा समेत व्यस्त रहनु परेका कारण पार्टीको दैनिक कार्यसंचलनमा समय दिन असमर्थन रहेकाले राप्रपाको अध्यक्ष पदबाट राजीनामा प्रस्तुत गर्दछु ।’ लोकेन्द्रबहादुर चन्द पक्षले चार शीर्ष नेता एक-एक वर्ष अध्यक्ष हुने सहमति कार्यान्वयनको माग गरेपछि थापाले अध्यक्ष पदबाट निवृत्त हुने घोषणा गरेका थिए । तर, चन्दले आफैंले आफूलाई अध्यक्ष घोषणा गरेपछि राप्रपा फेरि फुटको संघारमा पुगेको छ । 
थापा पक्षधरको बैठकले राजीनामा स्वीकृत गर्दै पशुपतिशम्शेर राणालाई अध्यक्ष चयन गरेको छ । बैठकमा १०७ केन्द्रीय सदस्यमध्ये ८३ जना उपस्थित रहेको सहप्रवक्ता किरण गिरीले जानकारी दिए । लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनी पक्षले भने बैठक बहिस्कार गरेको छ । चन्दले भने असारमा छुट्टै बैठक बोलाएका छन् । गतवर्ष जेठ पहिलो साता भएको एकता महाधिवेशनका क्रममा चार शीर्ष नेताले एक-एक वर्ष अध्यक्ष हुने सहमति भएको थियो । चन्द-लोहनी समूहले थापापछि लोकेन्द्रबहादुर अध्यक्ष हुने मौखिक सहमति भएको दाबी गरेका छ्न् ।


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.