रोनाल्डो विना पोर्चुगलको संघर्षपूर्ण जित
Advertisement
२४ जेठ, काठमाडौं । विश्वकप फुटबलको अभ्यास खेलमा पोर्चुगलले मेक्सिकोलाई पराजित गरेको छ । तर, पोर्चुगलका स्टार फवार्ड क्रिष्टियानो रोनाल्डो भने चोटका कारण मेक्सिकोविरुद्ध खेल्न सकेनन् । उनले घुँडाको चोटका कारण गि्रसविरुद्धको मैत्रिपूर्ण खेल पनि गुमाएका थिए । बुर्नो अल्भेसको अन्तिम मिनेटको गोलको मदतमा पोर्चुगलले १-० को जित निकालेको छ । खेलपछि पोर्चुगलका प्रशिक्षक पाउलो बेन्टोले रोनाल्डो विश्वकपका लागि फिट हुने नहुने थाहा नभएको बताए । समूह डीमा रहेको पोर्चुगलले जुन १६ मा जर्मनीसाग खेल्नेछ । समूह डीमा पोर्चुगल र जर्मनीसाग घना र अमेरिका छन् । रोनाल्डोले फिट भए बुधबार आयरल्याण्डविरुद्धको मैत्रिपूर्ण खेलमा खेल्न सक्ने बताइएको छ ।
रोनाल्डो विना पोर्चुगलको संघर्षपूर्ण जित
Advertisement