जर्मन मिडफिल्डर रिउसले विश्वकप गुमाए
Advertisement

२४ जेठ, काठमाडौं । जर्मन मिडफिल्डर मार्को रिउसले ब्राजिल विश्वकप गुमाएका छन् । शुक्रबार राति भएको अर्मेनियाविरुद्धको मैत्रिपूर्ण खेलमा २५ वर्षका रिउज घाइते भएका थिए । पहिलो हापको अन्त्यमा एंकलको लिगामेन्ट च्यातिएपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । उनी कम्तिमा ६देखि ७ हप्ता मैदान बाहिर रहनेछन् । जर्मन प्रशिक्षक जोकिम लोले यो रिउस र जर्मनी दुबैका लागि अन्त्यन्त खेदजनक भएको बताए । रिउसको स्थानमा मुस्तफीलाई टोलीमा स्थान दिइएको छ । चोटकै कारण मिडफिल्डर लार्स बेन्डर यसअघि नै टोलीमा परेनन् ।




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.