गुल्मीको अग्लुङमा पहिरोमा पुरिएर एकै परिवारका ९ को मृत्यु
Advertisement

६ असार, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका ९ जनाको मृत्यु भएको छ । गएराति परेको पानीसँगै आएको पहिरोले गुल्मी अग्लुङ-८ नेपानेका भविलाल कुँवरको घर बगाउँदा उनीसहित ९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घरमुली भविलाल कुँवरसहित उनकी श्रीमती चेती कुँवर, बुहारी सीता कुँवर, नाति चेतमान कुँवर, नातिनीहरु विन्दु कुँवर, भिमी कुँवर, हरिकला कुँवर, विपना कुँवर र झुठी विष्टको मृत्यु भएको डिएसपी राजकुमार लम्सालले जानकारी दिए । विष्ट माइती आएका बेला पहिरोमा परेर ज्यान गुमाएकी हुन् । 

भविलालका जेठा छोरा भारतमा छन् भने कान्छो छोरा तेस्रो मुलुकमा छन् । जेठी छोरी विष्ट माइती आएका बेला पहिरोमा परेर ज्यान गुमाएकी हुन् ।
मृतक ९ जनाकै शब बाहिर निकालिएको प्रहरीले जनाएको छ । राति नै पहिरोमा पुरिएर उनीहरुको ज्यान गएको भएपनि स्थानीयबासीले विहानमात्रै थाहा पाएका थिए । स्थानीयले थाहा पाउना साथ प्रहरीलाई खबर गरी उद्धारमा खटिएका छन् । प्युठान जिल्लासँग सिमाना जोडिएको क्षेत्र भएकाले प्रहरीको टोली घटनास्थल पुग्न केही ढिलो भएको हो । स्रोत # अनलाइन खबर 




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.