धौलागिरीमा दुई दिनदेखि मोबाइल अवरुद्ध
Advertisement

६ असार, पर्वत । धौलागिरी अञ्चलका चार जिल्लामा दुई दिनदेखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ ।पर्वत र स्याङ्जाको सिमानामा पर्ने पञ्चासेमा रहेको रिपिटर टावरमा खराबी आएपछि बिहीबार साँझदेखि पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको हो ।

रिपिटर टावरमा विद्युत् आपूर्तिमा समस्या भएपछि मोबाइल सेवा अवरुद्ध भएको नेपाल टेलिकम पर्वतले जनाएको छ । विद्युत आपूर्ति गर्ने ट्रान्सर्फमर बिग्रेपछि सोलार प्यानलबाट विद्युत् राम्रोसँग आपूर्ति नभएको टेलिकम पर्वतका प्रमुख रामकृष्ण मल्लले बताए ।

घाम लाग्दा छोटो समयका लागि सोलारले काम गर्दा भने मोबाइल सेवा सञ्चालन हुने र तत्कालै जाने गरेको छ । रिपिटर टावरमा विद्युत् आपूर्तिका लागि जेनेरेटरसहित नेपाल टेलिकम पोखरा र पर्वतबाट प्राविधिक टोली पञ्चासेतर्फ गइसकेको टेलिकमले जनाएको छ । रासस



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.