बालोटेलीको गोलमा इटलीद्धारा इङ्ल्याण्ड पराजित
Advertisement
१ असार, काठमाडौं । ब्राजिल विश्वकप फुटबलमा मारियो बालोटेलीको हेडगोलको मदतमा इटलीले इङ्ल्याण्डलाई पराजित गरेको छ । आइतबार विहान भएको खेलमा २००६ को च्याम्पियन इटलीले २–१ को जितसँगै विश्वकप यात्रा सुरु गरको हो । इटलीले अहिलेसम्म चार पटक विश्वकप जितेको छ भने इङ्ल्याण्ड एक पटक च्याम्पियन बनेको छ । ब्रजिल विश्वकपको रोमान्चक मध्येको एक मानिएको इटली र इङ्ल्याण्डको खेल एमाजोनियामा भएको थियो । खेलमा अग्रता इटलीले नै लिएको थियो । ३५ औं मिनेटमा इटलीका क्याउडिओ माकिजियाले गोल गरेका थिए । उनको प्रहार चार खेलाडीको हुँदै गोलमा परिणत भएको थियो ।
तर, लगतै इङ्ल्याण्डले काउन्टर एट्रयाकमा बराबरी गोल फर्कायो । वायन रुनीको क्रसमा ड्यानिअल स्टर्डिजले गोल गरेपछि पहिलो हाफ बराबरीमा सकियो । दोस्रो हाफको ५० औं मिनेटमा इटलीका मारियो बालोटेलीले हेड गोल गरे । खेलको अन्तिममा इटलीका पिर्लोको फ्रि किक बारमा लागेर फर्किँदा इटलीका समर्थक चुकचुकाएका थिए । उसो त २–१ ले पछि परेको अवस्थामा इङ्ल्याण्डले खेलमा फर्कन राम्रो प्रयास गरेको थियो । इङ्ल्याण्डका रहिम स्टर्लिङको प्रदर्शन थियो । तर, इटलीको बलियो रक्षापंत्तिका अगाडि केही लागेन र इटलीलाई महत्वपूर्ण ३ अंक हात पार्यो । स्रोत # अनलाइन खबर