विश्वकप फुटबल जापानको खराव सुरुवात
Advertisement

१ असार, काठमाडौं । विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा एसियाली पावर हाउस जापानले हार व्यहोरेको छ । केहीबेरअघि भएको खेलमा जापान एक गोलको अग्रता जोगाउन नसक्दा आइभरीकोष्टसँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलमा जापानले अग्रता लिएको थियो । १६ औं मिनेटमा होन्डाले जापानलाई अग्रता दिलाए । उनले नागातोमाको पासमा डिबक्सभित्र बललाई नियन्त्रणमा लिएर सुन्दर गोल गरेका हुन् । पहिलो हाफमा जापानले आइभरीकोष्टलाई दबावमा राखेको थियो । गोल थप्ने उसका केही राम्रो प्रयास थियो । आइभरीकोष्टको केही राम्रो प्रहार जापनका गोलरक्षकले असफल पारेका थिए । तर, दोस्रो हाफमा पुनरागमन गरेको आइभरीकोष्टले दुई मिनेटमा दुई गोल गर्यो। ६४ औं मिनेटमा बोनीले बराबरी गोल फर्काए । उनले सर्जे ओरिएरको पासमा हेड गोल गरेका थिए । त्यसको लगतै ६६ औं मिनेटमा जोभिन्होले हेड गोल गर्दै आइभरीकोष्टलाई २–१ को अग्रता दिलाए । यो गोलको पास पनि सर्जेकै थियो । ८२ औं मिनेटमा डिडिए ड्रोग्वाको फ्रिकिक जापानका गोलरक्षकले मुस्किलले बचाए । ८५ औं मिनेटमा पनि उनको प्रयास जापानका रक्षकको खुट्टामा ठाक्किएर गएको बल पोलबाट थोरै बाहिर गएको थियो । खेलमा थप गोल हुन सकेन र आइभरीकोष्ट २–१ को जित हात पार्न सफल भयो । स्रोत # अनलाइन खबर



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.