नेदरल्याण्ड ३–२ ले विजयी
Advertisement
ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा बलियो मानिएको नेदरल्याण्डले अष्ट्रेलियालाई ३–२ ले पाखा लगाएको छ । कमजोर मानिएको अष्ट्रेलियाले नेदरयाण्ड बिरुद्ध सानदार खेल प्रदर्शन गरेको थियो । नेदरल्याण्डको यो दोस्रो जीत हो भने अष्ट्रेलियाको दोस्रो हार । समूह बीमा विश्व विजेता स्पेन र अष्ट्रेलिया अंकविहीन छन् भने नेदरल्याण्डको ६ र चिलीको ३ अंक छ ।
यो समूहबाट नेदरल्याण्डको दोस्रो चरणको यात्रा लगभग पक्का भैसकेको छ भने अर्को टोलीको टुंगो बुधबार मध्यरातमा हुने स्पेन र चिली बीचको खेलले लगाउन सक्नेछ । सो खेलमा चिली विजयी भएमा दोस्रो चरणमा पुग्नेछ भने स्पेन विजयी भएमा अन्तिम खेलसम्म कुर्नुपर्नेछ ।

Advertisement