अमेरिकी राष्ट्रपति ओबामाप्रति समर्थन घट्दो : ग्यालप
Advertisement

३१ जेठ, वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाप्रति अमेरिकी जनताको समर्थन अझै खस्किएको र उहाँलाई समर्थन गर्ने भन्दा नगर्नेको सङ्ख्या अधिक देखिन थालेको ग्यालपले बिहीबार प्रकाशन गरेको एक सर्वेक्षण नतिजामा देखिएको छ ।  सर्वेक्षणमा भाग लिने ४७ प्रतिशतले राष्ट्रपति ओबामाप्रति आफ्नो समर्थन रहेको बताएका छन् भने ५२ प्रतिशतले उहाँप्रति आफ्नो धारणा नकारात्मक रहेको बताएका छन् । जुन ५ देखि ८ सम्म गरिएको यस सर्वेक्षणमा यसअघि गरिएको सर्वेक्षणमा उहाँप्रति देखिएको समर्थनमा भन्दा पाँच प्रतिशत घटेको देखिएको छ । 
सामान्यतया अमेरिकी जनताले उहाँको कार्यकालमा उहाँप्रति व्यक्तिगत धारणामा सकारात्मक राखेको देखिएको छ । अर्कोतिर उहाँको कामप्रतिको समर्थन औसत देखिएको र त्यो ४८ प्रतिशत भन्दा माथि नगएको ग्यालपले उल्लेख गरेको छ ।  ओबामाप्रतिको समर्थन उहाँप्रतिको नकारात्मक धारणाभन्दा तीनपटक मात्र कम देखिएको छ । यस्तो कुरा सन् २०१० को अक्टोबरमा एकपटक तथा २०१३ मा दुईपटक देखिएको छ ।

सर्वेक्षणमा अमेरिकी जनतालाई राष्ट्रपति ओबामाको छवटा व्यक्तिगत चरित्रका विषयमा सोधिएको थियो र यी चरित्रमा ओबामाप्रतिको समर्थन गत वर्षको भन्दा घटेको देखिएको छ । सर्वेक्षणमा अमेरिकी जनतालाई राष्ट्रपति ओबामाले अमेरिकी जनताले आफ्नो जीवनमा दैनिक रुपमा भोगेका समस्याका बारेमा बुझ्नुभएको छ, (४८ प्रतिशत), उहाँ इमानदार तथा विश्वास गर्न लायक हुनुहुन्छ (४७ प्रतिशत), उहाँ बलियो तथा निर्णायक नेता हुनुहुन्छ (४५ प्रतिशत), उहाँले अमेरिकी जनताको मूल्यको प्रतिनिधित्व गर्नुहुन्छ (४३ प्रतिशत), उहाँले सरकार प्रभावकारी रुपमा व्यवस्थापन गर्न सक्नुहुन्छ (३९ प्रतिशत) तथा उहाँले मुलुकको समस्या समाधान गर्न सक्नुहुन्छ (३४) भन्ने विषयमा प्रश्न गरिएको थियो । 

अमेरिकी सेनाका अवकाशप्राप्त व्यक्तिहरुका लागि कमजोर स्वास्थ्य सुविधा तथा तालिवान बन्दीलाई छोड्ने निर्णयले उहाँको छविमा नकारात्मक प्रभाव परेको अनुमान ग्यालपले गरेको छ ।  ग्यालपले यस वर्षको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवारप्रति नकारात्मक प्रभाव देखिन थालेको निष्कर्ष निकालेको छ ।

स्रोत # संसार न्युस


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.