संविधान जारी गरेरै छाड्छौँ : पौडेल
Advertisement

चितवन, असार २ - काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले माघ ८ गते संविधान जारी गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् ।  नेका भरतपुर नगरपालिका वडा नं १३ ले सोमबार आनन्दपुर चोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले विवादित विषयहरुमा सहमति बन्दै गरेको बताए । सबै जनताको साझा संविधान बनाउन काँग्रेस लागिरहेको बताउँदै विरोध गर्दैआएका वैद्य माओवादीलाई समेत सहमतिमा ल्याएर संविधान जारी गर्ने बताए ।

 कम्युनिस्टले मुलुकलाई अनिर्णयको बन्दी बनाएको भन्दै उनले जनताका अगाडि उनीहरुले घुँडा टेकिसकेको जनाए । नेता पौडेलले चितवन क्षेत्र नं ४ लाई विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता पनि व्यक्त गरे  । पार्टी सभापति सुशील कोइरालालाई दोब्बरभन्दा बढी मतले विजयी गराएको यस क्षेत्रलाई नमुना क्षेत्र बनाउन काँग्रेस लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । कार्यक्रममा काँग्रेसका उम्मेदवार रामकृष्ण घिमिरेले जनताका समस्या समाधानमा आफू कहिल्यै पछि नपर्ने बताए । रासस / स्रोत  # ई-कान्तिपुर


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.