विद्युत उत्पादन सम्झौता डलरमा हुँदैन : ऊर्जामन्त्री
Advertisement
उनले आगामि बजेटमा ऊर्जाको बजेट ३० अर्बबाट ५५ अर्ब पुर्यााउन प्रस्ताव गरेको जानकारी दिँदै त्यसबाट ठूला आयोजना निर्माण प्रक्रिया अघि बढाउने कामसँगै सौर्य ऊर्जालाई द्रूत गतिमा अगाडि बढाउने बताइन्। उनले विराटनर र हेटौंडामा रहेको डिजेल प्लान्टलाई भने क्रमश बन्द गर्दै जाने नीति सरकारले अघि बढाउने बताइन्। मन्त्री ज्ञावलीले यो आर्थिक वर्षबाट २० देखि २५ हजार मेघावाट विद्युत उत्पादन गर्ने प्रक्रिया सुरु गर्नेगरी काम थलिने जानकारी दिँदै यसै वर्षबाट १० हजार ८ सय मेघावाट क्षमताको चिसापानी आयोजनालाई महत्वपूर्ण परियोजनाको रुपमा अघि बढाउने बताइन्।
५ हजार ६ सय मेघावाट क्षमताको पञ्चेश्वर बहुउद्देश्य आयोजना निर्माणको कामसमेत अघि बढ्ने जानकारी दिँदै भारतीय दूतावासले संयुक्त कार्यालय खोल्न प्रस्ताव गरेकाले छिट्टै कार्यालय खोलेर काम अघि बढाइने उनले बताइन्। उनले नैमुरे, सुनकोशी, दुघकोशी आयोजनाको काम निजी क्षेत्रको सहकार्यमा अघि बढाईने उल्लेख गर्दै मुआब्जा विवाद टुङग्याएर खिम्ती ढल्केबर मुजफ्फरपुर प्रशारण लाइन द्रूत गतिमा निर्माण सम्पन्न गरिने जानकारी दिइन। मन्त्री ज्ञावलीले माथिल्लो कर्णाली र पश्चिम सेती जलविद्युत आयोजनामा अवरोध नगर्न नेकपा–माओवादीसहितका दलहरुलाई आग्रह गर्दै सरकारले यस वर्ष सबै अवरोध हटाएर निर्माण सुरु गरिने प्रतिबद्धतासमेत ब्यक्त गरिन्।
स्रोत # नागरिक न्युज
स्रोत # नागरिक न्युज

Advertisement